-->

४३ ओभरमा ६३ रनको साझेदारी, भारतसँगको पहिलो टेस्ट बराबरी

Nawalpurfm

नवलपुर, मंसिर ७ । भारत र घरेलु टोली न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ ।

वेलिङ्टनमा खेलको पाँचौँ दिन न्युजिल्यान्डले दोस्रो पारीमा ५ विकेट गुमाएर २३९ रन बनाएको अवस्थामा खेल बराबरी भएको हो ।

खेलको अन्तिम दिन भारतले जीतका लागि ८ विकेट लिनुपर्ने थियो । तर न्युजिल्यान्डका ड्यारेल मिचेल र ग्लेन फिलिप्सले मिलेर ४३ ओभर ब्याटिङ गरेर ६३ रनको साझेदारी गरेपछि खेल बराबरी टुङ्ग्याउन बाध्य पारे । न्युजिल्यान्डका ड्यारेल मिचेल १८६ बलमा ४९ र ग्लेन फिलिप्स १२६ बलमा २६ रनमा नटआउट रहे । यस्तै डेभन कन्वे ६५ रन बनाएर आउट भए । भारतका प्रसिद्ध कृष्णले २ विकेट लिए ।

यसअघि भारतले पहिलो पारीमा ९ विकेट गुमाएर ७२० रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । भारतका केएल राहुलले १३६, ऋषभ पन्तले १२८, कप्तान शुभमन गिलले ९८, यशस्वी जैसवालले ८५, देवदत्त पडिक्कलले ८०, ध्रुव जुरेलले ७८ रन बनाए ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ३, रचिन रविन्द्रले २ विकेट लिए । यस्तै न्युजिल्यान्डले पहिलो पारीमा सबै विकेट गुमाएर ३६८ रन बनाएको थियो । न्युजिल्यान्डका हेनरी निकोलसले नटआउट १७५, ग्लेन फिलिप्सले ११८ रन बनाए । भारतका जसप्रित बुमराहले ४, आकाश दीपले ३ विकेट लिए ।

यो बराबरीले भारतलाई विश्व टेस्ट च्याम्पियनशिपको फाइनल होडबाट अझ टाढा धकेलेको छ । भारत चौथो स्थानमा छ । यस्तै न्युजिल्यान्ड तेस्रो स्थानमा झरेको छ ।

दुई खेलको टेस्ट शृङ्खलाको अन्तिम खेल आउँदो शुक्रवारदेखि क्रिस्टचर्चमा शुरू हुनेछ । यसअघि भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भारतले जितेको थियो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

नवलपुर,मंसिर ६ । यही मङ्सिर  १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको

Nawalpurfm

एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग खेल्दै

नवलपुर,मंसिर ६ । एशिया कप राइजिङ स्टार्सको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । यो खेल कतारको दोहामा नेपाली समयअनुसार बिहान पौने १२

Nawalpurfm

दीपेन्द्र प्रतियोगिताकै उत्कृष्ट खेलाडी, रिजन सर्वोत्कृष्ट नेपाली खेलाडी

नवलपुर,मंसिर ६ । नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । त्रिवि क्रिकेट रंगशालामा हिजो भएको फाइनलमा

↑