-->

सुनको भाउ आज तोलामा १ हजार ९०० रुपैयाँले घट्यो

Nawalpurfm

नवलपुर, मंसिर १ । सुनचाँदीको भाउ घट्ने क्रम रोकिएको छैन ।

सुन आज तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलाको दुई लाख ६७ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारयता ओरालो लागेको सुनको भाउ हिजो सोमबार तोलामा एक हजार १०० रुपैयाँले घटेको थियो । हिजो सुन तोलाको दुई  लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तोलामा एक हजार ५०० र गएको शुक्रबार एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको तीन हजार ४९० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि हिजो चाँदी तोलामा ८० रुपैयाँले घटेर तोलाको तीन हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदी तोलामा १०० रुपैयाँले घटेर तोलाको तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

राष्ट्र बैंकको सम्पत्ति र दायित्व ३९ खर्ब नजिक, सरकारले ४२ अर्ब रुपैयाँ लाभांश पाउने

नवलपुर, मंसिर २ । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति र दायित्व झन्डै ३९ खर्ब रुपैयाँ नजिक पुगेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को

Nawalpurfm

सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो

नवलपुर, मंसिर २ । सुनचाँदीको भाउ घट्नेक्रम रोकिएको छैन । आज पनि सुनचाँदीको भाउ घटेको छ । सुन आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर

Nawalpurfm

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

नवलपुर, मंसिर १ । चालू आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३।३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक

↑