विनयी त्रिवेणीको भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल, डार्ट टोलि फर्कियो
नवलपुर, कात्तिक २६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ स्थित भेडीगाउँमा तीनवटा गाई मारेको पाटेबाघलाई नियन्त्रणमा लिने प्रयास असफल भएको छ। बाघलाई डार्ट गरी नियन्त्रणमा लिन खटिएको प्राविधिक टोली बाघ पुनः देखा नपरेपछि फर्किएको छ।
गत कात्तिक १५ गते स्थानीय छविलाल लामाले सञ्चालन गरेको हिडन भ्याली एग्रो फार्ममा बाघले आक्रमण गर्दा तीनवटा गाई मरेका थिए। फार्मका सातवटा गाई नजिकैको बारीमा चरिरहेका बेला जंगलबाट आएको पाटेबाघले आक्रमण गरेको थियो। दुईवटा गाई घटनास्थलमै मरेका थिए भने अर्को एउटा गाईलाई बाघले जंगलतर्फ लगेको थियो।
घटनापछि बाघको गतिविधि निगरानी गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक सहयोगमा कात्तिक १६ गते गाईको सिनो राखेर ट्र्यापिङ क्यामेरा जडान गरिएको थियो। कात्तिक १८ गते क्यामेरामा बाघ देखिएपछि भोलिपल्टदेखि राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालयको संयुक्त टोलीले बाघ नियन्त्रणको अभियान सुरु गरेको थियो।
टोलीले जंगलमा मचान निर्माण गरी लगातार चार दिनसम्म निगरानी गर्दै डार्टमार्फत बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। तर, बाघ त्यस क्षेत्रमा पुनः नआएपछि टोलीको प्रयास सफल हुन सकेन।
एक सातासम्म आसपासको क्षेत्रमा बाघको गतिविधि नदेखिएपछि ट्र्यापिङ क्यामेरा हटाइएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी अमृत ज्ञवालीले जानकारी दिनुभयो।
बाघको खोजी तथा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामासहितको टोली परिचालन गरिएको थियो। बाघ पुनः देखा नपरेपछि खोजी तथा नियन्त्रणमा खटिएको प्राविधिक टोली पनि फर्किएको ज्ञवालीले बताउनुभयो।
.2026-11-12-06-40-08.jpeg)
गैँडाकोटमा लागूऔषधसहित चार जना पक्राउ, १ किलो ५६५ ग्राम गाँजा बरामद
नवलपुर, कात्तिक २६ । नवलपुरको गैँडाकोटमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट विभिन्न प्रकारका लागूऔषधका क्याप्सुल तथा

बालकलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ
नवलपुर, कात्तिक २६ । नवलपुरको देवचुलीमा पाँच वर्षीय बालकलाई सवारी साधनले ठक्कर दिएर फरार भएका चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय

नेपाल शान्ति माविको शैक्षिक विकासका लागि हुप्सेकोटमा नौदिने महायज्ञ
नवलपुर,कार्तिक २२ । विद्यालयको स्रोतसाधन विस्तार गर्दै विद्यार्थीलाई प्रविधि र व्यावहारिक सीपसँग जोड्ने उद्देश्यले हुप्सेकोट गाउँपालिका–३




प्रतिकृया दिनुहोस