-->

गैँडाकोटमा लागूऔषधसहित चार जना पक्राउ, १ किलो ५६५ ग्राम गाँजा बरामद

Nawalpurfm

नवलपुर, कात्तिक २६ । नवलपुरको गैँडाकोटमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट विभिन्न प्रकारका लागूऔषधका क्याप्सुल तथा गाँजा बरामद गरेको छ।

मिति २०८३ कात्तिक २४ गते साँझ करिब ५ः३० बजे गैँडाकोट नगरपालिका–५ स्थित कुसुमघाट, नारायणी नदी किनारमा लागूऔषध सेवन गरी केही व्यक्ति बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले खानतलासी गर्ने क्रममा गैँडाकोट–५ निवासी २५ वर्षीय राजु कुमालको साथबाट Anargan-25 लेखिएको ९२ वटा क्याप्सुल र Tramol-50 लेखिएको ९२ वटा क्याप्सुल फेला पारेको जनाएको छ।

त्यसैक्रममा सोधपुछ गर्दा गैँडाकोट नगरपालिका–१, सजुवा निवासी २४ वर्षीय शिव बि।क।ले आफू बस्ने कोठामा गाँजा लुकाएर राखेको जानकारी दिएपछि प्रहरीले उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा भान्सा कोठामा लुकाइछिपाइ राखिएको अवस्थामा १ किलो ५६५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले राजु कुमाल, शिव बि.क.सहित गैँडाकोट–५ निवासी २४ वर्षीय सुजल परियार र २६ वर्षीय पुजन परियारलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका चारै जनालाई नवलपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

विनयी त्रिवेणीको भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल, डार्ट टोलि फर्कियो 

नवलपुर, कात्तिक २६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ स्थित भेडीगाउँमा तीनवटा गाई मारेको पाटेबाघलाई नियन्त्रणमा लिने प्रयास असफल भएको छ।

Nawalpurfm

बालकलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

नवलपुर, कात्तिक २६ । नवलपुरको देवचुलीमा पाँच वर्षीय बालकलाई सवारी साधनले ठक्कर दिएर फरार भएका चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय

Nawalpurfm

नेपाल शान्ति माविको शैक्षिक विकासका लागि हुप्सेकोटमा नौदिने महायज्ञ

नवलपुर,कार्तिक २२ । विद्यालयको स्रोतसाधन विस्तार गर्दै विद्यार्थीलाई प्रविधि र व्यावहारिक सीपसँग जोड्ने उद्देश्यले हुप्सेकोट गाउँपालिका–३

↑