-->

घोप्टेभीरमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग आज पनि एकतर्फी सञ्चालन

Nawalpurfm

नवलपुर,कात्तिक २६ । चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुक्खा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्गमा आज पनि एकतर्फी सञ्चालनमा रहेको छ । 

हिजो बिहान पौने ४ बजेदेखि अवरुद्ध सडक झण्डै ४ घण्टापछि पौने ८ बजेतिर एकतर्फी खुलेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाअनुसार सडक दुईतर्फी नै खुलाउने काम भइरहेको छ । 

घोप्टेभीरमा आइतबार, सोमबार र मंगलबार लगातार पहिरो खसेपछि तिहार मनाउन आउजाउ गर्नेहरू समस्यामा परेका थिए । अस्ति दिउँसोपछि सडक खुले पनि फेरि हिजो बिहानै अवरुद्ध भएको थियो । 

मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई  घोप्टेभीरको पहिरोले समस्यामा पार्ने गरेको छ । सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

भीमफेदीमा माइक्रोबस दुर्घटनाःएकै परिवारका ६ सहित १४ जनाको ज्यान गयो

नवलपुर, कात्तिक २६ । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको ज्यान गएको छ । अरू ६ जना घाइते भएका छन्

Nawalpurfm

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

नवलपुर,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्

Nawalpurfm

डिल्लीबजार कारागारमा रहेका टोपबहादुर रायमाझी रिहा

नवलपुर,कात्तिक २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा हुनुभएको छ । आज बिहान

↑