विनयी त्रिवेणीमा नवौँ राष्ट्रपति रनिङ शिल्ड तथा पहिलो आधारभूत तह खेलकुद प्रतियोगिता सुरु
नवलपुर, कात्तिक १९ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा नवौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम आधारभूत तह खेलकुद प्रतियोगिता–२०८३ सुरु भएको छ।
गाउँपालिका–२ डाँडाजोरस्थित श्री मणिसंगम माध्यमिक विद्यालयमा आयोजित एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम गिरी, उपाध्यक्ष भगवती वैदवार क्षेत्री, वडा नं। २ का अध्यक्ष पुष्पा आले मगरलगायत जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, खेलकुदकर्मी तथा खेल प्रशिक्षकहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताले विद्यालय तहमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न प्रतियोगिता फलदायी हुने विश्वास लिइएको छ।
राष्ट्रपति रनिङ शिल्डसँगै आधारभूत तहका विद्यार्थीलाई समेत समेटेर प्रतियोगिता आयोजना गरिनुले सानै उमेरदेखि खेलकुदको विकास र प्रतिभा प्रोत्साहनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

देवचुलीमा कौडा खेलिरहेको अवस्थामा १४ जना पक्राउ, ३ लाखभन्दा बढी रकम बरामद
नवलपुर, कात्तिक १९ । नवलपुरको देवचुली नगरपालिका–१७ कुलेनीमा कौडा खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विमा गाहा मगर । नवलपुर, कात्तिक १९ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रेरित गर्ने उद्देश्यले

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न, २१ युनिट रगत संकलन
विमा गाहा मगर । नवलपुर,कात्तिक १८ । ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय रगतको अभाव





प्रतिकृया दिनुहोस