सुनको भाउ आज एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो
नवलपुर,कात्तिक १५ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ आज तोलामा ८ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आज तोलाको २ लाख ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ८० हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १७५ रुपैयाँले घटेको छ ।
शुक्रबार चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलाको ३ हजार ६५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

बेरुजु साढे १० अर्ब नाघ्यो, १ वर्षमा झन्डै डेढ अर्बले बढ्यो
नवलपुर, कात्तिक १९ । सरकारी निकायहरूमा वित्तीय अनुशासन कमजोर बन्दै जाँदा बेरुजु रकम उल्लेख्य रूपमा बढेको छ । महालेखा नियन्त्रक कार्यालयले

शेयर बजार दोहोरो अङ्कले घट्यो
नवलपुर, कात्तिक १९ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ । आज

सुनको भाउ आज एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
नवलपुर, कात्तिक १९ । सुनको भाउ आज बिहीबार तोलामै १३ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर सुन आज तोलाको २ लाख








प्रतिकृया दिनुहोस