-->

बेरुजु साढे १० अर्ब नाघ्यो, १ वर्षमा झन्डै डेढ अर्बले बढ्यो

Nawalpurfm

नवलपुर, कात्तिक १९ । सरकारी निकायहरूमा वित्तीय अनुशासन कमजोर बन्दै जाँदा बेरुजु रकम उल्लेख्य रूपमा बढेको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२र८३ मा सरकारी निकायहरूको बेरुजु १० अर्ब ६८ करोड १५ लाख रुपैयाँभन्दा धेरै पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ४४ करोड १५ लाख रुपैयाँले धेरै हो ।

कुल बेरुजुमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् ५ अर्ब २७ करोड १६ लाख रुपैयाँ म्याद नाघेको पेस्की रहेको छ । यसैगरी असुलउपर गर्नुपर्ने बेरुजु ३ अर्ब ४२ करोड ६६ लाख र नियमित गर्नुपर्ने बेरुजु १ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयगत रूपमा सबैभन्दा धेरै बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ४ अर्ब १९ करोड १७ लाख रुपैयाँ रहेको छ ।

प्रतिवेदनअनुसार कुल ३ हजार ९८५ सरकारी कार्यालयको लेखापरीक्षण गर्दा यो बेरुजु कायम भएको हो ।

नवयुवा आन्दोलनका क्रममा भौतिक सम्पत्ति र सरकारी कागजातमा पुगेको क्षति तथा कर्मचारीको कार्यगत त्रुटिका कारण पनि बेरुजुको आयतन बढेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

शेयर बजार दोहोरो अङ्कले घट्यो

नवलपुर, कात्तिक १९ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ । आज

Nawalpurfm

सुनको भाउ आज एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

नवलपुर, कात्तिक १९ । सुनको भाउ आज बिहीबार तोलामै १३ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर सुन आज तोलाको २ लाख

Nawalpurfm

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

नवलपुर,कात्तिक १९ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।  अर्थ मन्त्रालयले गठन

↑