शेयर बजार दोहोरो अङ्कले घट्यो
नवलपुर, कात्तिक १९ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ ।
आज माइक्रोफाइनान्स बाहेक सबै समूहको उपसूचक घटेको छ । २११ वटा कम्पनीको शेयर घटेकोमा ५६ वटाको बढेको छ । १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज कुमारी बैंकको डिबेन्चर ९२०८६० ५ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन कुमारी सबल योजनाको शेयर झन्डै ३ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीको १ करोड २३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको छ ।

बेरुजु साढे १० अर्ब नाघ्यो, १ वर्षमा झन्डै डेढ अर्बले बढ्यो
नवलपुर, कात्तिक १९ । सरकारी निकायहरूमा वित्तीय अनुशासन कमजोर बन्दै जाँदा बेरुजु रकम उल्लेख्य रूपमा बढेको छ । महालेखा नियन्त्रक कार्यालयले

सुनको भाउ आज एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
नवलपुर, कात्तिक १९ । सुनको भाउ आज बिहीबार तोलामै १३ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर सुन आज तोलाको २ लाख

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त
नवलपुर,कात्तिक १९ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले गठन









प्रतिकृया दिनुहोस