-->

URL कावासोती डायग्नोष्टिकको प्रथम वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण, २३० जनाले लिए सेवा

Nawalpurfm

विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । URL कावासोती डायग्नोष्टिक प्रा।लि।ले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा आज कात्तिक १७ गते निःशुल्क रक्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

कावासोती–२, नवलपुरस्थित संस्थाको आफ्नै प्राङ्गणमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको कार्यक्रममा २३० जना सर्वसाधारणले स्वास्थ्य परीक्षण सेवा लिएका छन्।

कार्यक्रममा मधुमेह परीक्षणअन्तर्गत फास्टिङ ब्लड सुगर (FBS), पोस्टप्रान्डियल ब्लड सुगर (PPBS) तथा रगतमा हुने खराब बोसो  (TG) सम्बन्धी परीक्षण निःशुल्क गरिएको थियो। त्यस्तै, थाइराइड, युरिक एसिड, भिटामिन डी, भिटामिन बी १२, क्यान्सर मार्कर तथा होल बडी जाँचलगायत अन्य विभिन्न रक्त परीक्षणमा विशेष छुटको व्यवस्था गरिएको थियो।

संस्थाको प्रथम वार्षिकोत्सवलाई सेवामूलक कार्यक्रमसँग जोड्दै सर्वसाधारणलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा नियमित स्वास्थ्य परीक्षणप्रति सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

कार्यक्रमको अध्यक्षता URL Group का अध्यक्ष ठाकुरप्रसाद पन्तले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कावासोती नगरपालिका वडा नं. ८ का अध्यक्ष भीमबहादुर रिमालको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य URL कावासोतीका अध्यक्ष तथा URL Group का प्रबन्ध निर्देशक (MD)  गणेश कोइरालाले राख्नुभएको थियो। त्यसैगरी, शुभकामना मन्तव्य URL कावासोतीका सल्लाहकार राम शर्माले व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालनURL Group  का मानव संसाधन तथा प्रशासन निर्देशक  (HR & Admin Director) पुष्पराज कोइरालाले गर्नुभएको थियो भने कार्यक्रम संयोजन हरिकान्त अधिकारीले गर्नुभएको थियो।

प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित यस सेवामूलक कार्यक्रमले स्थानीय नागरिकमा स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतनाको महत्त्व बढाउन सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न, २१ युनिट रगत संकलन

विमा गाहा मगर । नवलपुर,कात्तिक १८ । ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय रगतको अभाव

Nawalpurfm

अनुभव, शिक्षा, उद्यमशीलता र महिला नेतृत्वको संगम : १५औँ महाधिवेशनअन्तर्गत जिल्ला उपसभापतिमा सम्झना सापकोटाको उम्मेदवारी

नवलपुर,कात्तिक १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुन गइरहेको जिल्ला अधिवेशनमा सम्झना सापकोटाले जिल्ला उपसभापति पदमा उम्मेदवारी दिने

Nawalpurfm

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा  दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन

विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले

↑