-->

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा  दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन

Nawalpurfm

विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले मध्यविन्दु नगरपालिकाले दुईदिने युवा उद्यमशीलता अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

‘युवा उद्यमशीलता स् सोचदेखि सफलतासम्म’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको मंगलबार नगर प्रमुख भीमलाल अधिकारीले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको पहिलो दिन जागरण एकेडेमी एण्ड रिट्रिट सेन्टर प्रा।लि।का तर्फबाट काठमाडौंका सामाजिक उद्यमी, शिक्षाविद् तथा प्रशिक्षक ध्रुवकुमार श्रेष्ठले युवालाई उद्यमशीलतासम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणका क्रममा उद्यमशीलताको अवधारणा, व्यावसायिक सम्भावना, सिर्जनशील सोचको विकास तथा आफ्नै व्यवसायमार्फत आत्मनिर्भर बन्न सकिने अवसरका विषयमा सहजीकरण गरिएको थियो ।

नगरपालिकाका अनुसार कार्यक्रममा सहभागी युवाको रुचि, चाहना, सीप र क्षमताका आधारमा आवश्यक तालिमका अवसरसमेत उपलब्ध गराइनेछ । युवाले आफूभित्र रहेको क्षमता र सिर्जनशीलतालाई व्यावसायिक क्षेत्रमा रूपान्तरण गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र सीमित नराखी आफैँ उद्यमी बनेर अरूका लागि समेत रोजगारी सिर्जना गर्न सक्ने सक्षम नागरिकका रूपमा विकास गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमले युवामा उद्यमशील संस्कारको विकास गर्नुका साथै स्थानीयस्तरमै व्यवसाय तथा रोजगारीका सम्भावना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

URL कावासोती डायग्नोष्टिकको प्रथम वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण, २३० जनाले लिए सेवा

विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । URL कावासोती डायग्नोष्टिक प्रा।लि।ले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा आज कात्तिक १७ गते निःशुल्क रक्त परीक्षण तथा

Nawalpurfm

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा  दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन

विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले

Nawalpurfm

सडक दुर्घटना न्यूनीकरणका लागि नवलपुरमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान तीव्र

विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । सडक दुर्घटना न्यूनीकरण तथा सवारी सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय

↑