-->

कावासोतीमा  अवैध काठ, ट्र्याक्टरसहित चालक नियन्त्रणमा

Nawalpurfm

नवलपुर, कात्तिक १२ । नवलपुरको कावासोतीमा बिलबिना ओसारपसार भइरहेको सिसौको काठ प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयको संयुक्त टोलीले कावासोती नगरपालिका–७, बरदुवाबाट काठ बोकेको ट्र्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अवैध रूपमा काठ ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले लु १ त ९४४४ नम्बरको ट्र्याक्टर जाँच गर्दा आवश्यक बिलबिनाको सिसौको काठ फेला पारेको थियो।

ट्र्याक्टरमा ठूला तथा साना गरी २१ वटा सिसौका गोलिया रहेको र तिनको कुल परिमाण ७२.७८ क्यूफिट रहेको प्रहरीले जनाएको छ। उक्त ट्र्याक्टर कावासोती नगरपालिका–१४ निवासी ५४ वर्षीय दानबहादुर महतोले चलाएर ल्याएका थिए।

बरामद गरिएको काठ, ट्र्याक्टर र चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, नवलपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मध्यविन्दु नगरपालिकाद्वारा प्लास्टिकका फूलमाला र खादा प्रयोग नगर्न आग्रह

नवलपुर, कात्तिक १२ । चाडपर्व, उत्सव तथा विभिन्न औपचारिक कार्यक्रममा प्लास्टिकजन्य फूलमाला र खादा प्रयोग नगर्न मध्यविन्दु नगरपालिकाले नगरवासीलाई

Nawalpurfm

भाइटीकालाई लक्षित गर्दै देवचुलीमा ३ कठ्ठामा सयपत्री फूल

नवलपुर,कात्तिक १० । नवलपुरको देवचुली नगरपालिका–१० की संगम भुसालले तिहारको भाइटीकालाई लक्षित गर्दै करिब ३ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको खेती

Nawalpurfm

कावासोती–५ द्वारा कालिका माविलाई स्कुल बस हस्तान्तरण

नवलपुर, कात्तिक ९ । कावासोती नगरपालिका वडा नं ५ को सहयोगमा वडामा सञ्चालित एक मात्र सामुदायिक विद्यालय कालिका माध्यमिक विद्यालयलाई ३२ सिट क्षमताको

↑