-->

कावासोती–५ द्वारा कालिका माविलाई स्कुल बस हस्तान्तरण

Nawalpurfm

नवलपुर, कात्तिक ९ । कावासोती नगरपालिका वडा नं ५ को सहयोगमा वडामा सञ्चालित एक मात्र सामुदायिक विद्यालय कालिका माध्यमिक विद्यालयलाई ३२ सिट क्षमताको स्कुल बस हस्तान्तरण गरिएको छ।

ग्रामीण क्षेत्रका बालिकालाई शिक्षामा सहज पहुँच पु¥याउने तथा विद्यालयसम्मको आवागमनलाई सहज बनाउने उद्देश्यले विद्यालयलाई बस प्रदान गरिएको हो।

४६ लाख रुपैयाँमा खरिद गरिएको बसको साँचो कावासोती नगरपालिका  वडा नं ५ का वडाध्यक्ष निरजकुमार पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाधर धिताललाई हस्तान्तरण गर्नुभएको हो।
बस हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष पुनले ग्रामीण क्षेत्रका बालबालिकालाई विद्यालयसम्म आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले बस उपलब्ध गराइएको बताउनुभयो। बस सञ्चालनमा आएपछि विद्यालय पुग्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ।
वडाध्यक्ष पुनले बसको सही सदुपयोग गर्दै ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सञ्चालन गर्न विद्यालय परिवारलाई अनुरोध गर्नुभएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मिनबहादुर लामा, व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी, वडा सदस्यहरू पार्वती भण्डारी, लालबहादुर पुलामी मगर र राजकुमार थापाको पनि उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

नवलपुर,कात्तिक १० । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

Nawalpurfm

भाइटीकालाई लक्षित गर्दै देवचुलीमा ३ कठ्ठामा सयपत्री फूल

नवलपुर,कात्तिक १० । नवलपुरको देवचुली नगरपालिका–१० की संगम भुसालले तिहारको भाइटीकालाई लक्षित गर्दै करिब ३ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको खेती

Nawalpurfm

हुप्सेकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते

नवलपुर, कात्तिक ९ । नवलपुरको हुप्सेकोट गाउँपालिका–२ स्थित सुटिचोकमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो करिब १स्१५ बजे

↑