-->

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

Nawalpurfm

नवलपुर,कात्तिक १० । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर पुगेको छ ।

भोटेकोशी बाढीको आज दुई महिना पुगेको छ । गएको भदौ १० मा रसुवाको लाङटाङ हिमालमा रहेको हिमनदी र चट्टानी भूभाग ल्हेन्दे हिमनदीमा खस्दा ल्हेन्दे खोला–भोटेकोशी–त्रिशूली–नारायणीमा आकस्मिक रूपमा बाढी आएको थियो ।

बाढीले रसुवागढी नाकासहित रसुवा र नुवाकोटका नदीआसपासमा ठूलो क्षति पुर्‍याएको छ । बाढी गएको दुई महिना बित्दा पनि विस्थापितको पुनःस्थापना अनिश्चित भएपछि उनीहरू कतिपय पुरानै ठाउँमा फर्किन थालेका छन् ।

संघीय सरकारले मासिक घरभाडा सहायता, अस्थायी आवास निर्माण र सुरक्षित जग्गा पहिचानको काम अघि बढाएको जनाएको छ । तर प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र विस्थापितहरू संघ सरकारको निर्णय कार्यान्वयन हुन नसकेको गुनासो गर्छन् । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

भाइटीकालाई लक्षित गर्दै देवचुलीमा ३ कठ्ठामा सयपत्री फूल

नवलपुर,कात्तिक १० । नवलपुरको देवचुली नगरपालिका–१० की संगम भुसालले तिहारको भाइटीकालाई लक्षित गर्दै करिब ३ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको खेती

Nawalpurfm

कावासोती–५ द्वारा कालिका माविलाई स्कुल बस हस्तान्तरण

नवलपुर, कात्तिक ९ । कावासोती नगरपालिका वडा नं ५ को सहयोगमा वडामा सञ्चालित एक मात्र सामुदायिक विद्यालय कालिका माध्यमिक विद्यालयलाई ३२ सिट क्षमताको

Nawalpurfm

हुप्सेकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते

नवलपुर, कात्तिक ९ । नवलपुरको हुप्सेकोट गाउँपालिका–२ स्थित सुटिचोकमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो करिब १स्१५ बजे

↑