-->

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह

Nawalpurfm

नवलपुर,कात्तिक ७ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात (आँधी) मा परिणत हुने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आउँदो हप्ता नेपालको मौसम प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवात आँधीमा विकसित भई भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा आसपासको तटबाट जमिनमा प्रवेश गर्न सक्ने सम्भावना छ ।

यस मौसम प्रणालीको प्रभावका कारण कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली तथा वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यद्यपि, नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र यसले कस्तो असर पार्न सक्छ भन्नेबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ । सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार मौसमसम्बन्धी मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणका आधारमा यस प्रणालीको विकास क्रमबारे निगरानी भइरहेको छ । प्रणालीको अवस्था र सम्भावित प्रभावबारे थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिने पनि महाशाखाले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज पनि दशैँको टीका लगाउने क्रम जारी

नवलपुर, कात्तिक ७ । आज पनि दशैँको टीका लगाउने क्रम चलिरहेको छ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीका लागि कोजाग्रत पूर्णिमासम्म

Nawalpurfm

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

नवलपुर, कात्तिक ७ । नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्

Nawalpurfm

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

नवलपुर, कात्तिक ७ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले गरेको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष आग्रह गर्नुभएको छ

↑