एकिकृत दुग्ध विकास सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न
विमा गाहा मगर । नवलपुर, असोज २६ । एकिकृत दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सोमबार नेपाल आमा समूहको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा तिवारीको अध्यक्षता तथा संस्थाका पूर्वअध्यक्ष हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा तिवारीले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि तथा प्रगतिबारे जानकारी गराउनुभएको थियो। उहाँले संस्थाको वार्षिक कार्यप्रगति र आगामी योजनाका विषयमा समेत प्रकाश पार्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका पूर्वअध्यक्ष हरि प्रसाद अधिकारीले संस्थाको विगतको अवस्थाबारे चर्चा गर्दै संस्था आजको अवस्थामा आइपुग्नुमा पदाधिकारी तथा सदस्यहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले सबैको सहकार्य, एकता र निरन्तर सहयोगकै कारण संस्था यहाँसम्म आइपुग्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थाको विकास र प्रगतिका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
साधारण सभाका अवसरमा संस्थामा आबद्ध सदस्यका छोराछोरीमध्ये एसईई तथा एसएलसी २०८२ मा ए प्लस (A+) ल्याउन सफल विद्यार्थीहरूलाई अबिर लगाएर नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको शैक्षिक उपलब्धिको प्रशंसा गरिएको थियो।
त्यसैगरी, संस्थामा आबद्ध ज्येष्ठ नागरिकहरूलाई समेत सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित उक्त सम्मान कार्यक्रमले पुस्ताबीचको सम्बन्ध र सामाजिक सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा संस्थाका सदस्य तथा दुग्ध उत्पादकहरूलाई उनीहरूको योगदान र कार्यसम्पादनका आधारमा विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। अधिक दुग्ध बिक्रीकर्ता, गुणस्तरीय दुग्ध उत्पादन तथा बिक्रीकर्ता, प्रोत्साहन विधा, सर्वाधिक बिक्रीकर्ता, अधिक बिक्रीकर्ता र नियमित बिक्रीकर्तालगायतका विधामा उत्कृष्ट हुने सदस्यहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानका आधारमा क्रमशः सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। यसबाट सदस्यहरूलाई गुणस्तरीय दुग्ध उत्पादन तथा नियमित रूपमा दुग्ध बिक्री गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक पदम प्रसाद शर्माभुसालले गर्नुभएको थियो। साधारणसभाले संस्थाको विगतको उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा संस्थालाई थप व्यवस्थित, प्रभावकारी र सदस्यको हितमा केन्द्रित बनाउँदै लैजान सहयोग पुग्ने विश्वास लिइएको छ।
संस्थाले सदस्यहरूको सहकार्य, सक्रिय सहभागिता र निरन्तर योगदानलाई आधार बनाउँदै सहकारीको विकास तथा दुग्ध क्षेत्रको प्रवर्द्धनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ ।
.2026-10-12-03-41-15.jpeg)
गैँडाकोटमा नारायणी नदीमा डुबेर ११ वर्षीया बालिका घाइते
नवलपुर, असोज २६ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित बोटेटोलमा नारायणी नदीमा डुबेर ११ वर्षीया बालिका घाइते भएकी छन्। सोमबार दिउँसो करिब

विदेशको अनुभवलाई स्वदेशमै उपयोग गर्दै काठमाडौंमा एस्ट्रा ग्लोबल एजुकेसन सञ्चालन
नवलपुर,असोज २६ । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका मिलन पन्थले विदेशमा हासिल गरेको अनुभवलाई उपयोग गर्दै काठमाडौंमा शैक्षिक

कावासोतीको खरकट्टा जङ्गलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपुर,असोज २४ । पूर्वपश्चिम राजमार्गको नवलपुरमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ जिल्लाको कावासोती–८ खरकट्टा जङ्गलमा






प्रतिकृया दिनुहोस