-->

पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्दसत्र दिउँसो ४ बजे शुरू हुने

Nawalpurfm

नवलपुर, असोज २१ । काठमाण्डौको खुलामञ्चमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ ।

पूर्वनिर्धारित समयअनुसार बिहान साढे १० बजे बन्दसत्र सञ्चालन हुने भनिए पनि वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो ४ बजेदेखि शुरू हुने भएको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका अनुसार बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनात्मक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । यी सबै प्रतिवेदन पारित भएपछि सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने र बन्दसत्रको औपचारिक कार्यसूची समापन हुनेछ ।

आजको बन्दसत्रको सम्पूर्ण कारबाही कांग्रेसको आधिकारिक फेसबुक पेज र अन्य सञ्चारमाध्यमहरूबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको कांग्रेसले जनाएको छ ।

बन्दसत्रको समापनसँगै महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ । निर्वाचन कार्यतालिकाअनुसार भोलि बिहान ७ बजेदेखि मतदान शुरू हुनेछ ।

१५औँ महाधिवेशनबाट २४ पदाधिकारीसहित नयाँ कार्यसमिति चयन हुँदैछ । १९ वटा निर्वाचित पदाधिकारी पदका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।

सभापति पदका लागि वर्तमान सभापति गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

दशैँको अवसरमा पर्यटन बोर्डले पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गर्ने

नवलपुर, असोज २१ । नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । बोर्डको पर्यटन सम्पदा तथा पर्यटन

Nawalpurfm

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख रुपैयाँ नगद सहयोग गर्ने

नवलपुर, असोज २१ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको

Nawalpurfm

कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

नवलपुर, असोज २१ । काठमाण्डौमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली

↑