देवचुलीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका वस्तु बिक्री नगर्न व्यवसायीलाई चेतावनी
नवलपुर, असोज १६ । देवचुली नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाको टोलीले देवचुलीका विभिन्न क्षेत्रमा २१ वटा व्यवसायिक प्रतिष्ठान, ४ वटा पोलिक्लिनिक र ७ वटा होटलको अनुगमन गरेको हो।
नगरपालिकाको प्रशासन शाखाका अधिकृत संगीता पौडेल सापकोटाको संयोजकत्वमा कृषि तथा स्वास्थ्य शाखा, देवचुली उद्योग वाणिज्य संघ, नगर प्रहरी, इलाका प्रहरी कार्यालय रजहर र फुड टेक्नोलोजिजका प्रतिनिधि सम्मिलित टोलीले वडा नम्बर १३ को दलदले र वडा नम्बर १५ को प्रगतिनगरलगायतका क्षेत्रमा अनुगमन गरेको जनाएको छ।
अनुगमनका क्रममा केही व्यवसाय बिना दर्ता सञ्चालनमा रहेको, म्याद नाघेका खाद्य सामग्री बिक्रीका लागि राखिएको तथा व्यवसाय सञ्चालनका क्रममा आवश्यक कानुनी प्रक्रिया पूरा नगरिएको पाइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले व्यवसायीलाई तत्काल व्यवसाय दर्ता तथा नवीकरण गर्न, उपभोक्ताले सहज रूपमा देख्ने गरी मूल्यसूची राख्न र नापतौलका उपकरण प्रमाणित तथा गुणस्तरीय प्रयोग गर्न निर्देशन दिएको छ। साथै, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न र प्रत्येक बिक्रीमा अनिवार्य रूपमा बिल वा बिजक उपलब्ध गराउन व्यवसायीलाई सचेत गराइएको छ।
अनुगमनका क्रममा होटल तथा रेस्टुरेन्ट, मासु पसल, डेरी र खाद्य सामग्री उत्पादन तथा बिक्री गर्ने व्यवसायलाई सरसफाइ र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ।
नगरपालिकाले बजार अनुगमनलाई केवल निरीक्षणमा सीमित नराखी उपभोक्ता हित संरक्षणका लागि आवश्यक कारबाहीसमेत अघि बढाउने जनाएको छ। कानुनविपरीत गतिविधि गरेको भेटिएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा स्थानीय कानुनअनुसार व्यवसाय सिल गर्ने, जरिवाना गर्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनी नगरपालिकाले दिएको छ।
नगरपालिकाको पछिल्लो अनुगमनले देवचुली क्षेत्रमा व्यवसाय दर्ता, मूल्यसूची, नापतौल, खाद्य वस्तुको म्याद र सरसफाइका विषयलाई प्राथमिकतामा राखिएको देखाएको छ।
.2026-10-03-07-49-59.jpeg)
ब्रेक फेल भएर दाउन्नेमा बस पल्टिँदा ४ को मृत्यु, ११ घाइते
नवलपुर,असोज १७ । ब्रेक फेल भएर बस पल्टिँदा दाउन्नेमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौं हिँडेको बस

विनयी त्रिवेणी आधारभूत अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता
नवलपुर, असोज १६ । विनयी त्रिवेणी आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता सम्पन्न भएको

मिर्गौला डायलाइसिसका बिरामीलाई कावासोती खानेपानी संस्थाले निःशुल्क यातायात सेवा दिने
नवलपुर, असोज १४ । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मिर्गौला डायलाइसिस गराउनुपर्ने बिरामीलाई लक्षित गर्दै यातायात सेवा सञ्चालन गर्ने




प्रतिकृया दिनुहोस