कांग्रेस केन्द्रीय सदस्यमा गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष पाण्डेले दिँदै उम्मेदवारी
नवलपुर,असोज १८ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डे नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारीमा जुटेकी छन्। स्थानीय सरकार र सांगठनिक राजनीतिमा लामो समयदेखि सक्रिय रहेकी पाण्डेले राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति अझ सशक्त बनाउन केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गर्न लागेकी हुन्।
हालै सम्पन्न नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा पाण्डेले महिला खुलातर्फ सर्वाधिक मत प्राप्त गर्दै विजय हासिल गरेकी थिइन्। क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिमा अत्यधिक लोकप्रियताका साथ विजयी भएपछि उनले केन्द्रीय तहको सांगठनिक नेतृत्वमा कदम बढाउने निर्णय गरेकी हुन्।
स्थानीय तहको सफल नेतृत्व र महासंघको अध्यक्षता
लक्ष्मी पाण्डे स्थानीय तहको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाबाट लगातार दुईपटक अध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि हुन्। पहिलोपटक गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि स्थानीय सरकार सञ्चालनमा देखाएको उत्कृष्ट कार्यसम्पादन, प्रशासनिक दक्षता र समावेशी सुशासनका कारण उनी देशभरिका ४६० गाउँपालिकाहरूको साझा प्रतिनिधिमूलक संस्था ’गाउँपालिका राष्ट्रिय महासंघ नेपाल’ को केन्द्रीय अध्यक्ष चयन भएकी थिइन्।
स्थानीय तह र पार्टीलाई जोड्ने पुल
महासंघको नेतृत्व सम्हाल्दा उनले देशैभरका स्थानीय सरकारहरूसँग निकट रहेर काम गरेकी छन्। जसका कारण उनलाई देशैभरिका स्थानीय तहका प्रतिनिधिहरूको साझा आवाजका रूपमा हेरिएको छ। कांग्रेसले युवा, महिला, दलित, पेशागत र गैरआवासीय नेपालीहरूलाई जोडेजस्तै गाउँपालिका महासंघमार्फत स्थानीय तह र पार्टी संगठनलाई जोड्न पाण्डेको उम्मेदवारीलाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ।
राष्ट्रिय राजनीतिमा प्रभावकारी उपस्थिति स्थानीय विकास र सुशासनमा स्थापित छवि बनाएकी पाण्डे अन्तर्राष्ट्रिय मञ्चमासमेत नेपालको प्रतिनिधित्व गर्दै प्रभावशाली रूपमा प्रस्तुत हुँदै आएकी छन्। उनी विश्वभरका स्थानीय सरकार, सहर तथा नगरपालिकाहरूको अन्तर्राष्ट्रिय छाता संगठन ’युनाइटेड सिटिज एन्ड लोकल गभर्नमेन्ट्स’ (युसिएलजी) को एसिया–प्रशान्त क्षेत्रमा सहअध्यक्षका रूपमा कार्यरत छिन्। जसको अन्तर्राष्ट्रिय सभा सम्मेलनहरूमा कांग्रेस केन्द्रीय सदस्यको हैसियतमा सहभागी हुँदा पार्टीलाई अन्तर्राष्ट्रिय जगतमा अझ सशक्त रूपमा चिनाउन सहज हुने आकलन गरिएको छ।
राजनीतिक निष्ठा र सुदृढ जनाधार
पार्टी राजनीतिभित्र पाण्डेलाई नेपाली कांग्रेसका सभापति गगन थापाको विचार र एजेन्डालाई दृढताका साथ अघि बढाउने एक निडर नेताका रूपमा चिनिन्छ। सुरुवाती समयदेखि नै महामन्त्री थापालाई नजिकबाट साथ र समर्थन दिँदै आएकी पाण्डेले पार्टी रूपान्तरण, आन्तरिक लोकतन्त्र र सुशासनका मुद्दालाई निरन्तर उठाउँदै आएकी छन्।
स्थानीय सरकारको सफल नेतृत्व, अन्तर्राष्ट्रिय अनुभव, सांगठनिक पकड र विषेश महाधिवेशन पक्षघर सबै नेताहरू सँगको निकट सम्बन्धका कारण उनको दाबी निकै बलियो रहेको र उम्मेदवारीलाई सहज जितको रूपमा हेरिएको छ।

कांग्रेस महाधिवेशन : रास्वपा सभापति लामिछानेसहित शीर्ष नेता सहभागी
नवलपुर,असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैकाे खुलामञ्चमा शुरू भएको छ । सभापति गगन थापाले पार्टीका संस्थापकसहितका अग्रज

विपन्नलाई घर बनाउन ७५ हजार रुपैयाँ अनुदान दिने गरी कानुन बन्दै
नवलपुर,असोज १८ । अतिविपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम ७५ हजार रुपैयाँ सरकारी अनुदान पाउने गरी कानुन बनाइँदै छ । पूर्वाधार विकास

कर्णाली राजमार्गमा काम नगर्ने ६ वटा निर्माण कम्पनी कालोसूचीमा
नवलपुर,असोज १८ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार काम

.2026-10-03-07-49-59.jpeg)



.2026-09-28-08-06-21.jpeg)

प्रतिकृया दिनुहोस