-->

कांग्रेस महाधिवेशन : रास्वपा सभापति लामिछानेसहित शीर्ष नेता सहभागी

Nawalpurfm

नवलपुर,असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैकाे खुलामञ्चमा शुरू भएको छ । सभापति गगन थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूकाे तस्वीरमा माल्यार्पण गर्दै महाधिवेशनकाे उद्घाटन गर्नुभयाे ।

महाधिवेशन उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न दलका शीर्ष नेताहरूकाे सहभागिता रहेकाे छ ।

समाराेहमा लामिछानेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका महासचिव शङ्कर पाेखरेललगायतका नेता सहभागी हुनुहुन्छ ।

आउँदो बिहीवार असाेज २२ गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झन्डै ७ हजार ७०० जना प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो सङ्ख्यामा प्रतिनिधिले भाग लिइरहेका छन् । उद्घाटन सत्रसँगै बन्दसत्र पनि खुलामञ्चमै हुनेछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

कांग्रेस केन्द्रीय सदस्यमा गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष पाण्डेले दिँदै उम्मेदवारी

नवलपुर,असोज १८ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डे नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

Nawalpurfm

विपन्नलाई घर बनाउन ७५ हजार रुपैयाँ अनुदान दिने गरी कानुन बन्दै

नवलपुर,असोज १८ । अतिविपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम ७५ हजार रुपैयाँ सरकारी अनुदान पाउने गरी कानुन बनाइँदै छ । पूर्वाधार विकास

Nawalpurfm

कर्णाली राजमार्गमा काम नगर्ने ६ वटा निर्माण कम्पनी कालोसूचीमा

नवलपुर,असोज १८ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार काम

↑