-->

कावासोतीमा छाडा तथा सामुदायिक कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप

Nawalpurfm

नवलपुर, असोज १३ । कावासोती नगरपालिकाभित्र छाडा तथा सामुदायिक कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ।

मानिसमा कुकुरको टोकाइबाट सर्ने प्राणघातक रोग रेबिजको संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘Zero Rabies by 2030’ तथा ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ (Stronger Together) भन्ने मूल नारासहित अभियान सञ्चालन गरिएको हो।

कावासोती नगरपालिकाका पशु चिकित्सक डा. रुपक कँडेलका अनुसार नगरपालिकाभित्र रहेका छाडा तथा सामुदायिक कुकुरलाई लक्षित गरी सप्ताहव्यापी रूपमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ। अभियानबाट रेबिज संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

खोप कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, नवलपुरको समन्वयमा सञ्चालन भइरहेको हो। अभियानलाई पशु चिकित्सक डा. सुरेन्द्र तिवारीले सहजीकरण गरिरहनुभएको छ।

नगरपालिकाले छाडा तथा सामुदायिक कुकुरमा रेबिजविरुद्धको खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरी रेबिज नियन्त्रणमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

ब्रेक फेल भएर दाउन्नेमा बस पल्टिँदा ४ को मृत्यु, ११ घाइते

नवलपुर,असोज १७ । ब्रेक फेल भएर बस पल्टिँदा दाउन्नेमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौं हिँडेको बस

Nawalpurfm

देवचुलीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका वस्तु बिक्री नगर्न व्यवसायीलाई चेतावनी

नवलपुर, असोज १६ । देवचुली नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाको टोलीले देवचुलीका

Nawalpurfm

विनयी त्रिवेणी आधारभूत अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता

नवलपुर, असोज १६ । विनयी त्रिवेणी आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता सम्पन्न भएको

↑