नवलपुर–१ कांग्रेस सभापतिमा युवा नेता हेमु पाण्डे निर्वाचित
नवलपुर, असोज १४ । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नवलपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा युवा नेता तथा सामाजिक व्यक्तित्व हेमु पाण्डे निर्वाचित हुनुभएको छ।
अति मिलनसार तथा ऊर्जाशील युवा नेताको पहिचान बनाउनुभएका पाण्डेले
निकटतम प्रतिद्वन्द्वी बद्री सापकोटालाई ३४ मतको अन्तरले पराजित गर्दै पाण्डे निर्वाचित हुनुभएको हो।
लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय पाण्डेको जीतसँगै नवलपुर काँग्रेसभित्र नयाँ उत्साह छाएको छ।
नवनिर्वाचित सभापति पाण्डेलाई पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्। पाण्डेको कुशल नेतृत्वले नवलपुर क्षेत्र नं। १ मा पार्टी सङ्गठनलाई अझ सुदृढ, एकताबद्ध र गतिशील बनाउने अपेक्षा लिइएको छ।
.2026-10-03-07-49-59.jpeg)
ब्रेक फेल भएर दाउन्नेमा बस पल्टिँदा ४ को मृत्यु, ११ घाइते
नवलपुर,असोज १७ । ब्रेक फेल भएर बस पल्टिँदा दाउन्नेमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौं हिँडेको बस

देवचुलीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका वस्तु बिक्री नगर्न व्यवसायीलाई चेतावनी
नवलपुर, असोज १६ । देवचुली नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाको टोलीले देवचुलीका

विनयी त्रिवेणी आधारभूत अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता
नवलपुर, असोज १६ । विनयी त्रिवेणी आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता सम्पन्न भएको



.2026-09-28-08-06-21.jpeg)
प्रतिकृया दिनुहोस