मिर्गौला डायलाइसिसका बिरामीलाई कावासोती खानेपानी संस्थाले निःशुल्क यातायात सेवा दिने
नवलपुर, असोज १४ । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मिर्गौला डायलाइसिस गराउनुपर्ने बिरामीलाई लक्षित गर्दै यातायात सेवा सञ्चालन गर्ने भएको छ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामीलाई अस्पतालसम्म आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नै सवारीसाधन प्रयोग गर्ने निर्णय गरेको हो।
संस्थाको १०औँ अधिवेशनअन्तर्गत असार ६ गते सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएपछि बसेको बैठकले यस्तो निर्णय गरेको हो। संस्थाका अनुसार मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा डायलाइसिस गराउने बिरामीलाई आगामी असोज १५ गतेदेखि स्कर्पियो गाडीमार्फत यातायात सुविधा उपलब्ध गराइनेछ।
डायलाइसिसका लागि नियमित रूपमा अस्पताल धाउनुपर्ने बिरामी तथा उनीहरूका परिवारलाई यातायातको समस्याका कारण हुने कठिनाइ कम गर्ने उद्देश्यले सेवा सुरु गर्न लागिएको संस्थाका अध्यक्ष अमृतकुमार श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ।
यसैगरी, संस्थाले आफ्नो सवारीसाधन प्रयोगसम्बन्धी नीतिमा पनि परिवर्तन गरेको जनाएको छ। नयाँ कार्यसमिति चयन भएसँगै संस्थाको स्कर्पियो गाडीलाई अत्यावश्यक संस्थागत काममा मात्रै प्रयोग गर्ने निर्णय गरिएको छ।
सेवा क्षेत्रभित्र हुने नियमित फिल्ड भ्रमण तथा अन्य गैरअत्यावश्यक काममा संस्थाको सवारीसाधन प्रयोग नगर्ने नीति संस्थाले लिएको छ। त्यसरी बचत हुने सवारीसाधनलाई सामाजिक उत्तरदायित्वअन्तर्गत डायलाइसिसका बिरामीको आवतजावतमा प्रयोग गरिने संस्थाले जनाएको छ।
संस्थाले सामाजिक सेवाको दायरा विस्तार गर्ने उद्देश्यले बिरामीलाई लक्षित गरी सुरु गर्न लागेको यातायात सुविधाले डायलाइसिस सेवा लिन अस्पताल पुग्नुपर्ने स्थानीयलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरेको छ।
.2026-10-03-07-49-59.jpeg)
ब्रेक फेल भएर दाउन्नेमा बस पल्टिँदा ४ को मृत्यु, ११ घाइते
नवलपुर,असोज १७ । ब्रेक फेल भएर बस पल्टिँदा दाउन्नेमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौं हिँडेको बस

देवचुलीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका वस्तु बिक्री नगर्न व्यवसायीलाई चेतावनी
नवलपुर, असोज १६ । देवचुली नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाको टोलीले देवचुलीका

विनयी त्रिवेणी आधारभूत अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता
नवलपुर, असोज १६ । विनयी त्रिवेणी आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता सम्पन्न भएको


.2026-09-28-08-06-21.jpeg)

प्रतिकृया दिनुहोस