रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख रुपैयाँ नगद सहयोग गर्ने
नवलपुर, असोज २१ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रवहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित ६३ जिल्लाका लक्षित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषिरमण खनालले जानकारी दिनुभयो ।
नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयमा रहेको ‘समुन्नति कार्यक्रम’ मार्फत् नगद प्रदान गर्ने जनाएको छ ।
बाढीबाट प्रभावित झण्डै ६ हजार परिवार रहेको प्रारम्भिक अनुमान छ । प्राप्त तथ्याङ्क तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ ।
प्राप्त रकम परिवारले आफ्नो प्राथमिकताअनुसार खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, अत्यावश्यक घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनमा आवश्यक काममा प्रयोग गर्न सक्नेछन् ।

पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्दसत्र दिउँसो ४ बजे शुरू हुने
नवलपुर, असोज २१ । काठमाण्डौको खुलामञ्चमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ

दशैँको अवसरमा पर्यटन बोर्डले पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गर्ने
नवलपुर, असोज २१ । नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । बोर्डको पर्यटन सम्पदा तथा पर्यटन

कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
नवलपुर, असोज २१ । काठमाण्डौमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली



.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस