-->

दशैँको अवसरमा पर्यटन बोर्डले पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गर्ने

Nawalpurfm

नवलपुर, असोज २१ । नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ ।

बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा पालिका र पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्न लागेको हो ।

दशैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०, होटल सङ्घ नेपाल, होटल व्यवसायी महासङ्घ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी सङ्घसंस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरिएको बोर्डले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्दसत्र दिउँसो ४ बजे शुरू हुने

नवलपुर, असोज २१ । काठमाण्डौको खुलामञ्चमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ

Nawalpurfm

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख रुपैयाँ नगद सहयोग गर्ने

नवलपुर, असोज २१ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको

Nawalpurfm

कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

नवलपुर, असोज २१ । काठमाण्डौमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली

↑