कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
नवलपुर, असोज २१ । काठमाण्डौमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो । एक जना सभापति, वरिष्ठ उपसभापतिसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री, एक कोषाध्यक्ष गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ ।
सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ३२ जनाको उम्मेदवारी परेको छ । सभापतिमा गगनकुमार थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी गरी तीन जनाको उम्मेदवारी परेको छ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति पद महिला क्लस्टरमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ । उहाँहरु निर्विरोध हुनुभएको छ ।
प्रथम नामावलीमा प्रक्रियाअनुसार कुनै दाबी विरोध रहे अहिले बिहान १० बजेदेखि १२ बजेसम्मका लागि समय तोकिएको छ । दाबी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्दसत्र दिउँसो ४ बजे शुरू हुने
नवलपुर, असोज २१ । काठमाण्डौको खुलामञ्चमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ

दशैँको अवसरमा पर्यटन बोर्डले पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गर्ने
नवलपुर, असोज २१ । नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । बोर्डको पर्यटन सम्पदा तथा पर्यटन

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख रुपैयाँ नगद सहयोग गर्ने
नवलपुर, असोज २१ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको



.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस