चितवनमा रुखमा ठोक्कियो मोटरसाइकल, एकको मृत्यु, एक घाइते
नवलपुर,असोज १९ । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापा छन् ।
सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी सागर थापा घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए ।

भक्तपुरको सूर्यविनायकमा कवाडी पसलमा आगलागी
नवलपुर,असोज १९ । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी

भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
नवलपुर,असोज १९ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना,

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कपिलवस्तु वर्षा
नवलपुर,असोज १९ । गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगैमा ६३ मिलिमिटर पानी परेको


.2026-10-03-07-49-59.jpeg)




प्रतिकृया दिनुहोस