-->

गैँडाकोटमा नारायणी नदीमा डुबेर ११ वर्षीया बालिका घाइते

Nawalpurfm

नवलपुर, असोज २६ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित बोटेटोलमा नारायणी नदीमा डुबेर ११ वर्षीया बालिका घाइते भएकी छन्।

सोमबार दिउँसो करिब १२:४० बजे नदीमा पौडी खेल्ने क्रममा स्थानीय जेनिसा परियार डुबेर घाइते भएकी हुन्। उनलाई नदीमा डुबेको देखेपछि स्थानीय सन्जु नेपाली र विमल बोटेले तत्काल उद्धार गरेका थिए।

उद्धारपछि बालिकालाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका बोल्न सक्ने अवस्थामा रहेकी छन् भने उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बालिकाका बुबाआमा रोजगारीका सिलसिलामा भारतमा रहेकाले घटनाबारे उनकी हजुरआमा बिजुली दर्जी र आफन्त सुशीला परियारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।

नारायणी नदीमा पौडी खेल्ने क्रममा भएको यस घटनापछि स्थानीयवासीले नदीमा पौडी खेल्दा सावधानी अपनाउनुपर्ने देखिएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एकिकृत दुग्ध विकास सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न 

विमा गाहा मगर । नवलपुर, असोज २६ । एकिकृत दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सोमबार नेपाल आमा समूहको सभाहलमा सम्पन्न भएको छ।

Nawalpurfm

विदेशको अनुभवलाई स्वदेशमै उपयोग गर्दै काठमाडौंमा एस्ट्रा ग्लोबल एजुकेसन सञ्चालन

नवलपुर,असोज २६ । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका मिलन पन्थले विदेशमा हासिल गरेको अनुभवलाई उपयोग गर्दै काठमाडौंमा शैक्षिक

Nawalpurfm

कावासोतीको खरकट्टा जङ्गलमा  बसको  ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुर,असोज २४ । पूर्वपश्चिम राजमार्गको नवलपुरमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ जिल्लाको कावासोती–८ खरकट्टा जङ्गलमा

↑