-->

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

Nawalpurfm

नवलपुर, कात्तिक ७ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले गरेको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष आग्रह गर्नुभएको छ ।

चाइना इन्स्टिच्युट अफ इन्टरनेश्नल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको अवस्था दर्शाउनुभएको उहाँको सचिवालयले जनाएको छ । पूर्वराष्ट्रपति भण्डारीले विश्वव्यापी शासन जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको प्रसङ्ग उल्लेख गर्दै हिमालय क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदा रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालले हालै अकल्पनीय प्राकृतिक विपद्का घटना भोगेको अवस्थामा जलवायु असर अवस्थालाई पुनः उजागर गरेको बताउनुभएको छ । असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न आवश्यक रहेकोमा पूर्व राष्ट्रपति भण्डारीको जोड छ ।  

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज पनि दशैँको टीका लगाउने क्रम जारी

नवलपुर, कात्तिक ७ । आज पनि दशैँको टीका लगाउने क्रम चलिरहेको छ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीका लागि कोजाग्रत पूर्णिमासम्म

Nawalpurfm

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

नवलपुर, कात्तिक ७ । नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्

Nawalpurfm

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

नवलपुर,कात्तिक ७ । मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात्

↑