-->

शिव सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारणसभा सम्पन्न

Nawalpurfm

विमा गाहा मगर । नवलपुर,असोज २८। शिव सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारणसभा बुधबार संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नारायण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न सभामा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा रहनुभएको  थियो ।

सभामा अध्यक्ष पराजुलीले संस्थाले हालसम्म सञ्चालन गरेका विभिन्न गतिविधि, उपलब्धि तथा प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थाले लामो समयदेखि वन उपभोक्ताहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गर्दै आएको, गरिब तथा विपन्न सदस्यहरूलाई सहयोग उपलब्ध गराएको र शिव सामुदायिक पार्क निर्माण गरेको जानकारी दिनुभयो।


कार्यक्रममा संस्थाकी कोषाध्यक्ष उमादेवी कुँवरले संस्थाको आय–व्यय तथा खर्चसम्बन्धी आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक गंगा प्रसाद भट्टराईले लेखा समितिको प्रतिवेदन पेस गर्नुभएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले शिव सामुदायिक वन उपभोक्ता समूहले विगतदेखि गर्दै आएका कामको प्रशंसा गर्नुभयो। उहाँले सामुदायिक वनले वन संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो। साथै, कार्बन उत्सर्जन न्यूनीकरणमा सामुदायिक वनले पु¥याएको योगदानका आधारमा विश्व बैंकबाट नगदसहित पुरस्कृत हुने व्यवस्था रहेको जानकारी गराउँदै वन संरक्षणका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

सभाका अवसरमा संस्थामा लामो समयदेखि वन हेरालुका रूपमा कार्यरत सदस्यलाई अबिर, माला तथा नगदसहित सम्मान गरिएको थियो। वन संरक्षण तथा व्यवस्थापनमा लामो समयदेखि योगदान पु¥याउँदै आएका व्यक्तिको सम्मानले संस्थाप्रतिको जिम्मेवारी र समर्पणलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
संस्थाकी उपाध्यक्ष धनी भन्तलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा कावासोती नगरपालिका–२ का वडाध्यक्ष शिव प्रसाद पाण्डे, संस्थाका पूर्वअध्यक्षहरू, विभिन्न सामुदायिक वन तथा संघसंस्थाका प्रतिनिधि, वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमको सहजीकरण संस्थाका सचिव राजेन्द्रप्रसाद देवकोटाले गर्नुभएको थियो।
वनसमूहको छटौं अधिवेशनबाट नेतृत्व चयन गर्न बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मध्यविन्दुमा विपद् व्यवस्थापन समिति बैठक, स्वयंसेवक ब्युरो गठनसम्बन्धी मस्यौदामाथि छलफल

नवलपुर, असोज २८ । नवलपुरको मध्यविन्दु नगरपालिकामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बैठकमा विपद् व्यवस्थापनलाई प्रभावकारी

Nawalpurfm

एकीकृत दुग्ध विकास सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न 

विमा गाहा मगर । नवलपुर, असोज २६ । एकीकृत दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सोमबार नेपाल आमा समूहको सभाहलमा सम्पन्न भएको छ।

Nawalpurfm

गैँडाकोटमा नारायणी नदीमा डुबेर ११ वर्षीया बालिका घाइते

नवलपुर, असोज २६ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित बोटेटोलमा नारायणी नदीमा डुबेर ११ वर्षीया बालिका घाइते भएकी छन्। सोमबार दिउँसो करिब

↑