नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
नवलपुर,असोज २७ । नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो ।
चन्द्रघण्टा देवीको स्वरूप सामान्य, शान्त, एवम् करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने गर्छन् । नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।
दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
नवरात्रका अवसरमा काठमाण्डौ उपत्यकाका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड लाग्ने गर्छ ।

दिउँसोपछि पहाड र हिमालका केही ठाउँमा वर्षाको सम्भावना
नवलपुर,असोज २७ । उपत्यकासहित देशका धेरै ठाउँको मौसम यतिबेला घमाइलो छ । दिउँसोपछि हिमाली र पहाडी भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित

भारतको जन्तर–मन्तरमा प्रदर्शन गर्न नपाइने
नवलपुर,असोज २७ । भारतीय प्रहरीले नयाँदिल्लीको क्षेत्र ‘जन्तर मन्तर’को सट्टामा प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ । अब रामलीला

आज धेरै ठाउँमा मौसम सफा रहने
नवलपुर,असोज २७ । पछिल्लो २४ घण्टामा छिटपुटबाहेक पानी परेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा रहने र कर्णाली तथा








.2026-10-12-03-41-15.jpeg)
प्रतिकृया दिनुहोस