-->

मध्यविन्दुमा विपद् व्यवस्थापन समिति बैठक, स्वयंसेवक ब्युरो गठनसम्बन्धी मस्यौदामाथि छलफल

Nawalpurfm

नवलपुर, असोज २८ । नवलपुरको मध्यविन्दु नगरपालिकामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बैठकमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा स्वयंसेवक ब्युरो गठन र परिचालनसम्बन्धी कार्यविधिको मस्यौदामाथि छलफल गरिएको छ।

नगर प्रमुख भिमलाल अधिकारीको अध्यक्षतामा बसेको बैठकमा विगतका बाढी तथा अन्य विपद्का घटनाबाट उत्पन्न समस्याको व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण, नदी कटान नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका विषयमा छलफल भएको थियो। साथै, विपद्का समयमा स्वयंसेवक परिचालनलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई समेत प्राथमिकता दिइएको थियो।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, नगर प्रहरी, विभिन्न प्रहरी चौकी तथा सशस्त्र प्रहरी बल नेपाल, चोरमरा बेस क्याम्पका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकको सञ्चालन राजस्व शाखा प्रमुख प्रेमबहादुर सारुले गर्नुभएको थियो।

मध्यविन्दु नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्विस रेडक्रसको सहकार्यमा सहरी पूर्वतयारी तथा वातावरणीय उत्थानशीलता प्राविधिक परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले नगर क्षेत्रमा विपद् पूर्वतयारी, प्रतिकार्य तथा जोखिम न्यूनीकरणका प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

शिव सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारणसभा सम्पन्न

विमा गाहा मगर । नवलपुर,असोज २८। शिव सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारणसभा बुधबार संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ। संस्थाका

Nawalpurfm

एकीकृत दुग्ध विकास सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न 

विमा गाहा मगर । नवलपुर, असोज २६ । एकीकृत दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सोमबार नेपाल आमा समूहको सभाहलमा सम्पन्न भएको छ।

Nawalpurfm

गैँडाकोटमा नारायणी नदीमा डुबेर ११ वर्षीया बालिका घाइते

नवलपुर, असोज २६ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित बोटेटोलमा नारायणी नदीमा डुबेर ११ वर्षीया बालिका घाइते भएकी छन्। सोमबार दिउँसो करिब

↑