-->

हुप्सेकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते

Nawalpurfm

नवलपुर, कात्तिक ९ । नवलपुरको हुप्सेकोट गाउँपालिका–२ स्थित सुटिचोकमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सोमबार दिउँसो करिब १स्१५ बजे गैँडाखोलाबाट गिरुवारीतर्फ आउँदै गरेको लु १ ह ३४३२ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल झाडीमा खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा हुप्सेकोट गाउँपालिका–२ का ७० वर्षीया निर्मा सोती, ८० वर्षीय नरबहादुर सोमै, ७० वर्षीया नन्दिसरा आले, ७५ वर्षीया पदमी सोमै र करिब ३६ वर्षीया छुमिसरा सारु घाइते भएका छन्।

दुर्घटनामा निर्मा सोतीको घुँडा र ढाडमा, नरबहादुर सोमै र नन्दिसरा आलेको खुट्टामा, पदमी सोमैको ढाडमा तथा छुमिसरा सारुको दाहिने खुट्टाको औँलामा चोट लागेको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको छ। उनीहरूको हुप्सेकोटस्थित देउराली प्राथमिक अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे  थप विवरण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

नवलपुर,कात्तिक १० । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

Nawalpurfm

भाइटीकालाई लक्षित गर्दै देवचुलीमा ३ कठ्ठामा सयपत्री फूल

नवलपुर,कात्तिक १० । नवलपुरको देवचुली नगरपालिका–१० की संगम भुसालले तिहारको भाइटीकालाई लक्षित गर्दै करिब ३ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको खेती

Nawalpurfm

कावासोती–५ द्वारा कालिका माविलाई स्कुल बस हस्तान्तरण

नवलपुर, कात्तिक ९ । कावासोती नगरपालिका वडा नं ५ को सहयोगमा वडामा सञ्चालित एक मात्र सामुदायिक विद्यालय कालिका माध्यमिक विद्यालयलाई ३२ सिट क्षमताको

↑