-->

मध्यविन्दु नगरपालिकाद्वारा प्लास्टिकका फूलमाला र खादा प्रयोग नगर्न आग्रह

Nawalpurfm

नवलपुर, कात्तिक १२ । चाडपर्व, उत्सव तथा विभिन्न औपचारिक कार्यक्रममा प्लास्टिकजन्य फूलमाला र खादा प्रयोग नगर्न मध्यविन्दु नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र वातावरण संरक्षणका लागि प्राकृतिक फूलको प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको हो।

नगरपालिकाका अनुसार प्लास्टिकजन्य फूलमाला तथा खादा प्रयोग गर्दा वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्छ। त्यस्तै, स्थानीय कृषकले उत्पादन गरेका फूलले उचित बजार नपाउने र फूलमाला तथा खादा आयातमा ठूलो धनराशि बाहिरिने अवस्था रहेकाले प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्न खोजिएको हो।

नगरपालिकाले आगामी चाडपर्व, उत्सव, समारोह तथा अन्य औपचारिक कार्यक्रममा प्लास्टिकका फूलमाला र खादा प्रयोग नगर्न तथा नगराउन सबैमा अनुरोध गरेको छ।

सूचनामा स्थानीयस्तरमा उत्पादन हुने सयपत्री, गोदावरी र मखमलीलगायतका प्राकृतिक फूल प्रयोग गर्न विशेष जोड दिइएको छ। प्राकृतिक फूलको प्रयोगले स्थानीय उत्पादनको खपत बढाउनुका साथै कृषकको आयआर्जनमा सहयोग पुग्ने नगरपालिकाको विश्वास छ।

मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीद्वारा जारी सूचनामार्फत नगरवासी, विभिन्न संघसंस्था, व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई प्लास्टिकजन्य फूलमाला र खादा प्रयोग नगरी वातावरण संरक्षण तथा स्थानीय उत्पादनको प्रवर्द्धन अभियानमा सहयोग गर्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

कावासोतीमा  अवैध काठ, ट्र्याक्टरसहित चालक नियन्त्रणमा

नवलपुर, कात्तिक १२ । नवलपुरको कावासोतीमा बिलबिना ओसारपसार भइरहेको सिसौको काठ प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयको

Nawalpurfm

भाइटीकालाई लक्षित गर्दै देवचुलीमा ३ कठ्ठामा सयपत्री फूल

नवलपुर,कात्तिक १० । नवलपुरको देवचुली नगरपालिका–१० की संगम भुसालले तिहारको भाइटीकालाई लक्षित गर्दै करिब ३ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको खेती

Nawalpurfm

कावासोती–५ द्वारा कालिका माविलाई स्कुल बस हस्तान्तरण

नवलपुर, कात्तिक ९ । कावासोती नगरपालिका वडा नं ५ को सहयोगमा वडामा सञ्चालित एक मात्र सामुदायिक विद्यालय कालिका माध्यमिक विद्यालयलाई ३२ सिट क्षमताको

↑