-->

मध्यविन्दु स्काईलाइन एकेडेमीमा वार्षिक खेलकुद प्रतियोगिता २०८३ को भव्य रूपमा सुरु

Nawalpurfm

विमा गाहा मगर । नवलपुर, कात्तिक १६ । मध्यविन्दु स्काईलाइन एकेडेमीमा कात्तिक १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने ‘Annual Sports Meet 2083 ’ सोमबार एक विशेष समारोहका बीच भव्य रूपमा शुभारम्भ भएको छ।

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थापा थापाले रिबन काटेर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा विद्यार्थीहरूले आकर्षक मार्चपास तथा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमको शोभा बढाएका थिए।

विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहने भएकाले वार्षिक खेलकुद प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ। दसैँ र तिहारबीचको समयमा नियमित पठनपाठन प्रभावकारी नहुने अवस्थालाई मध्यनजर गर्दै विद्यालयले यस अवधिमा खेलकुद, शैक्षिक भ्रमण तथा पिकनिकलगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने तयारी गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख लोकनाथ पंगेनीले जानकारी दिनुभयो।

उहाँका अनुसार विद्यार्थीहरूको उमेर तथा क्षमता स्तरलाई ध्यानमा राखेर खेलकुदका गतिविधि तय गरिएको छ। साना कक्षाका विद्यार्थीहरूका लागि मनोरञ्जनात्मक खेलहरू तथा माथिल्ला कक्षाका विद्यार्थीहरूका लागि उमेर र स्तरअनुसारका विभिन्न प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिएको उहाँले बताउनुभयो।

उद्घाटनसँगै विद्यार्थीहरूले विभिन्न खेलकुद गतिविधिमा उत्साहजनक सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तीन दिनसम्म सञ्चालन हुने उक्त वार्षिक खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन, सहकार्य, नेतृत्व क्षमता तथा आपसी सद्भावको विकासमा सहयोग पुग्ने विद्यालयले विश्वास लिएको छ।

 

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवलपुरसहित गण्डकीका सबै जिल्लामा नेकपाको दुईमहिने जागरण अभियान सञ्चालन 

विमा गाहा मगर । नवलपुर, कात्तिक १५ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन सुदृढीकरण, पार्टी एकता मजबुत बनाउने र आगामी निर्वाचनको तयारीलाई लक्षित

Nawalpurfm

कावासोती  नगरपालिकाद्वारा प्लास्टिकका फूलमाला र खादा प्रयोग नगर्न आग्रह

नवलपुर, कात्तिक १३ । कावासोती नगरपालिकाले प्लास्टिकजन्य कृत्रिम फूल, माला तथा सजावटका सामग्रीको ओसारपसार, बिक्री–वितरण र भण्डारण नगर्नरनगराउन

Nawalpurfm

मध्यविन्दु नगरपालिकाद्वारा प्लास्टिकका फूलमाला र खादा प्रयोग नगर्न आग्रह

नवलपुर, कात्तिक १२ । चाडपर्व, उत्सव तथा विभिन्न औपचारिक कार्यक्रममा प्लास्टिकजन्य फूलमाला र खादा प्रयोग नगर्न मध्यविन्दु नगरपालिकाले नगरवासीलाई

↑