कावासोती नगरपालिकाद्वारा प्लास्टिकका फूलमाला र खादा प्रयोग नगर्न आग्रह
नवलपुर, कात्तिक १३ । कावासोती नगरपालिकाले प्लास्टिकजन्य कृत्रिम फूल, माला तथा सजावटका सामग्रीको ओसारपसार, बिक्री–वितरण र भण्डारण नगर्नरनगराउन आग्रह गरेको छ ।
नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै वातावरण संरक्षण, जैविक विविधताको संरक्षण तथा वातावरणीय प्रदूषण नियन्त्रणका लागि यस्तो आग्रह गरेको हो ।
नगरपालिकाले वातावरण संरक्षण ऐन, २०७६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपाल सरकारका प्रचलित नीति र कानुनलाई आधार मानेर प्लास्टिकजन्य कृत्रिम फूलमाला तथा सजावटका सामग्रीको प्रयोगलाई निरुत्साहित गर्न खोजेको जनाएको छ ।
सूचनामा तिहार, नेपाल संवत्, छठपर्वलगायत विभिन्न चाडपर्व तथा धार्मिक र सांस्कृतिक कार्यक्रममा स्थानीय कृषकले उत्पादन गरेका सयपत्री, मखमलीलगायत प्राकृतिक फूलको प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरिएको छ ।
नगरपालिकाले कावासोती क्षेत्रभित्र व्यावसायिक रूपमा फूलखेती गरिरहेका कृषक, कृषक समूह, सहकारी संस्था तथा कृषि उद्यमीलाई आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, खेती गरिएको क्षेत्रफल, अनुमानित उत्पादन र बिक्रीका लागि उपलब्ध फूलको परिमाणसहितको विवरण नगरपालिकामा उपलब्ध गराउन आग्रह गरेको छ ।
त्यस्तै, फूल खरिद गर्न इच्छुक व्यक्ति, सरकारी तथा गैरसरकारी संघसंस्था र व्यवसायीलाई नगरपालिकाको कृषि विकास शाखामा उपलब्ध विवरणअनुसार पुष्प उत्पादकसँग समन्वय गरी प्राकृतिक फूल खरिद तथा बिक्री–वितरण गर्न अनुरोध गरिएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार कावासोतीका विभिन्न वडामा १० जना कृषक तथा कृषि फर्म प्राकृतिक फूल उत्पादन तथा बिक्रीका लागि सूचीकृत छन् ।
सूचीकृत हुनेमा महाराजा मन्दिर धार्मिक समिति, समन्ती कोसेली कृषि फर्म, शिव शक्ति एग्रो फर्म, त्रिकन्या कृषि फर्म, सिद्धि विनायक कृषि तथा पशुपन्छी फर्म, विष्णु कृषि तथा पशुपन्छी फर्म, शान्ति कृषि फर्म, सुजन सापकोटा, गौतम कृषि फर्म र शालिकराम दाहाल रहेका छन् ।
नगरपालिकाले सूचीमा समावेश नभएका अन्य पुष्प व्यवसायीको विवरण प्राप्त भएमा समेत अद्यावधिक गरिने जनाएको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धन, कृषकको आयआर्जन वृद्धि तथा वातावरण संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले प्राकृतिक फूलको प्रयोग र स्थानीय उत्पादनको बजारीकरणमा जोड दिएको हो ।

मध्यविन्दु नगरपालिकाद्वारा प्लास्टिकका फूलमाला र खादा प्रयोग नगर्न आग्रह
नवलपुर, कात्तिक १२ । चाडपर्व, उत्सव तथा विभिन्न औपचारिक कार्यक्रममा प्लास्टिकजन्य फूलमाला र खादा प्रयोग नगर्न मध्यविन्दु नगरपालिकाले नगरवासीलाई

कावासोतीमा अवैध काठ, ट्र्याक्टरसहित चालक नियन्त्रणमा
नवलपुर, कात्तिक १२ । नवलपुरको कावासोतीमा बिलबिना ओसारपसार भइरहेको सिसौको काठ प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयको

भाइटीकालाई लक्षित गर्दै देवचुलीमा ३ कठ्ठामा सयपत्री फूल
नवलपुर,कात्तिक १० । नवलपुरको देवचुली नगरपालिका–१० की संगम भुसालले तिहारको भाइटीकालाई लक्षित गर्दै करिब ३ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको खेती




प्रतिकृया दिनुहोस