-->

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा  दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन

Nawalpurfm

विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले मध्यविन्दु नगरपालिकाले दुईदिने युवा उद्यमशीलता अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

‘युवा उद्यमशीलता स् सोचदेखि सफलतासम्म’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको मंगलबार नगर प्रमुख भीमलाल अधिकारीले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको पहिलो दिन जागरण एकेडेमी एण्ड रिट्रिट सेन्टर प्रा.लि.का तर्फबाट काठमाडौंका सामाजिक उद्यमी, शिक्षाविद् तथा प्रशिक्षक ध्रुवकुमार श्रेष्ठले युवालाई उद्यमशीलतासम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणका क्रममा उद्यमशीलताको अवधारणा, व्यावसायिक सम्भावना, सिर्जनशील सोचको विकास तथा आफ्नै व्यवसायमार्फत आत्मनिर्भर बन्न सकिने अवसरका विषयमा सहजीकरण गरिएको थियो ।

नगरपालिकाका अनुसार कार्यक्रममा सहभागी युवाको रुचि, चाहना, सीप र क्षमताका आधारमा आवश्यक तालिमका अवसरसमेत उपलब्ध गराइनेछ । युवाले आफूभित्र रहेको क्षमता र सिर्जनशीलतालाई व्यावसायिक क्षेत्रमा रूपान्तरण गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र सीमित नराखी आफैँ उद्यमी बनेर अरूका लागि समेत रोजगारी सिर्जना गर्न सक्ने सक्षम नागरिकका रूपमा विकास गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमले युवामा उद्यमशील संस्कारको विकास गर्नुका साथै स्थानीयस्तरमै व्यवसाय तथा रोजगारीका सम्भावना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न, २१ युनिट रगत संकलन

विमा गाहा मगर । नवलपुर,कात्तिक १८ । ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय रगतको अभाव

Nawalpurfm

अनुभव, शिक्षा, उद्यमशीलता र महिला नेतृत्वको संगम : १५औँ महाधिवेशनअन्तर्गत जिल्ला उपसभापतिमा सम्झना सापकोटाको उम्मेदवारी

नवलपुर,कात्तिक १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुन गइरहेको जिल्ला अधिवेशनमा सम्झना सापकोटाले जिल्ला उपसभापति पदमा उम्मेदवारी दिने

Nawalpurfm

URL कावासोती डायग्नोष्टिकको प्रथम वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण, २३० जनाले लिए सेवा

विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । URL कावासोती डायग्नोष्टिक प्रा।लि।ले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा आज कात्तिक १७ गते निःशुल्क रक्त परीक्षण तथा

↑