अनुभव, शिक्षा, उद्यमशीलता र महिला नेतृत्वको संगम : १५औँ महाधिवेशनअन्तर्गत जिल्ला उपसभापतिमा सम्झना सापकोटाको उम्मेदवारी
नवलपुर,कात्तिक १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुन गइरहेको जिल्ला अधिवेशनमा सम्झना सापकोटाले जिल्ला उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकी छन्। अनुभवको सम्मान, युवा ऊर्जा र महिला नेतृत्वको सशक्त उपस्थितिलाई जोड दिँदै अघि बढेकी सापकोटाको उम्मेदवारीलाई बदलिँदो समय र समाजको अपेक्षाअनुरूपको नेतृत्व प्रयासका रूपमा हेरिएको छ।
समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी सापकोटा शैक्षिक चेतना, राजनीतिक अनुभव र व्यावहारिक नेतृत्व क्षमताको संयोजन भएकी व्यक्तित्व हुन्। विगत दुई दशकदेखि नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो यात्रा सुरु गर्दै महिला संघ हुँदै नेपाली कांग्रेसको जिल्ला सदस्यसम्मको जिम्मेवारी निर्वाह गरिसकेकी उनीसँग लामो राजनीतिक तथा संगठनात्मक अनुभव छ।
राजनीतिसँगै उद्यमशीलताको क्षेत्रमा समेत सक्रिय सापकोटाले आफ्नै नेतृत्वमा सफल विद्यालय सञ्चालन गर्दै शैक्षिक क्षेत्रमा योगदान पुर्याइरहेकी छन्। यसले उनको नेतृत्व क्षमता, व्यवस्थापकीय दक्षता र सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गर्दछ।
अग्रजहरूको अनुभव र मार्गदर्शनलाई सम्मान गर्दै युवा पुस्ताको नवीन सोच तथा महिलाको नेतृत्व क्षमतालाई संगठन निर्माणमा जोड्ने उनको संकल्प छ। सबल, समावेशी, गतिशील र एकताबद्ध कांग्रेस निर्माणलाई प्राथमिकता दिएकी सापकोटाले नयाँ सोच, साझा संकल्प र सशक्त संगठनका लागि सबैको साथ, विश्वास र समर्थनको अपिल गरेकी छन्।
राजनीतिक अनुभव, उच्च शैक्षिक योग्यता, शैक्षिक उद्यमशीलता र महिला नेतृत्वको संयोजनसहित अघि बढेकी सम्झना सापकोटाको उम्मेदवारीलाई नेपाली कांग्रेस नवलपरासीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशनमा समयानुकूल, समावेशी र सक्षम नेतृत्व स्थापित गर्ने महत्वपूर्ण विकल्पका रूपमा हेरिएको छ।

URL कावासोती डायग्नोष्टिकको प्रथम वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण, २३० जनाले लिए सेवा
विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । URL कावासोती डायग्नोष्टिक प्रा।लि।ले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा आज कात्तिक १७ गते निःशुल्क रक्त परीक्षण तथा

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन
विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन
विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले







प्रतिकृया दिनुहोस