-->

विपद् उद्धारमा अनियन्त्रित ड्रोन र एयरस्पेस व्यवस्थापनको अभावले जोखिम उच्चः प्रधानसेनापति सिग्देल

Nawalpurfm

नवलपुर, कात्तिक १३ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यको क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र अर्थात् (एयरस्पेस) को उचित व्यवस्थापन नहुँदा अर्को ठूलो दुर्घटना हुन सक्ने जोखिम देखिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रभावित क्षेत्रमा जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर तथा अन्य हवाई साधनसँग ठोक्किने जोखिम रहेको बताउनुभएको हो ।

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको आजको बैठकमा बोल्दै उहाँले ड्रोन सञ्चालक र हेलिकप्टर पाइलटबीच प्रभावकारी सञ्चार तथा समन्वय नहुँदा हवाई दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।

ड्रोन पाइलट र हेलिकप्टर पाइलटबीच सञ्चार तथा समन्वय भएको अवस्थामा उडान सुरक्षित बनाउन सकिने भए पनि त्यसको अभावमा उद्धार कार्यमा चुनौती थपिएको उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामाःशिक्षा मन्त्रालय

नवलपुर, कात्तिक १३ । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि

Nawalpurfm

जलवायु परिवर्तनका असरसँग जुध्न नेपालका ४ प्रस्ताव, ५३ देशले गरे समर्थन

नवलपुर, कात्तिक १३ । जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग ४ वटा प्रमुख प्रस्ताव

Nawalpurfm

इनमसँग म्यासेज प्रकरण : आज सर्वोच्चको फुलकोर्ट बैठक

नवलपुर,कात्तिक १३ । प्रहरीको थुनामा रहेका बिचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश र न्यायाधीशको सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएपछि

↑