-->

जलवायु परिवर्तनका असरसँग जुध्न नेपालका ४ प्रस्ताव, ५३ देशले गरे समर्थन

Nawalpurfm

नवलपुर, कात्तिक १३ । जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग ४ वटा प्रमुख प्रस्ताव गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको मुख्यालय थाइल्याण्डको बैंककमा आयोजित ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक उच्चस्तरीय क्षेत्रीय संवादमा नेपालले ४ वटा प्रस्ताव राखेको हो ।

नेपालले राखेको पहिलो प्रस्तावमा अन्तरिक्ष प्रविधि र तथ्यांक साझा गर्ने रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सीहरू, वैज्ञानिक संस्थाहरू र सरकारहरू मिलेर हिमाली क्षेत्रका जोखिमयुक्त भिरपाखा र हिमनदीहरूको अनुगमन गर्न स्याटेलाइट, एआई र आधुनिक प्रविधिमा आधारित बहु–जोखिम पूर्वसूचना प्रणाली निर्माण गर्ने उल्लेख छ ।

त्यस्तै अर्को सूचना र ज्ञान साझा गर्ने प्रस्ताव छ । तथ्यांक आदानप्रदान गर्न, हिमतालहरूको अनुगमन गर्न र हिमालहरूमा पूर्वसूचनाको समन्वय गर्न ‘हिमाली जलवायु उत्थानशीलता संयन्त्र’ को प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको थियो । त्यही आधारमा हिमालयलाई सहकार्यको प्रयोगशाला बनाउन नेपालले प्रस्ताव गरेको हो ।

तेस्रो प्रस्तावमा विपत्तिकै गतिमा वित्तीय सहयोग तत्काल प्रवाह गर्नुपर्ने रहेको छ । मन्त्री श्रेष्ठले हिमाली समुदायको हरित भविष्यमा लगानी गर्ने प्रस्ताव पनि गर्नुभएको छ । नेपालका तर्फबाट प्रस्तुत प्रस्तावलाई ५३ देशका प्रतिनिधिले समर्थन गरेका छन् ।

संवादमा एशिया–प्रशान्त क्षेत्रका विभिन्न देशका मन्त्रीहरू, संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि, वैज्ञानिक तथा कूटनीतिज्ञलगायतको उपस्थिति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
Nawalpurfm

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामाःशिक्षा मन्त्रालय

नवलपुर, कात्तिक १३ । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि

Nawalpurfm

विपद् उद्धारमा अनियन्त्रित ड्रोन र एयरस्पेस व्यवस्थापनको अभावले जोखिम उच्चः प्रधानसेनापति सिग्देल

नवलपुर, कात्तिक १३ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यको क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र अर्थात् (एयरस्पेस) को उचित

Nawalpurfm

इनमसँग म्यासेज प्रकरण : आज सर्वोच्चको फुलकोर्ट बैठक

नवलपुर,कात्तिक १३ । प्रहरीको थुनामा रहेका बिचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश र न्यायाधीशको सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएपछि

↑