इनमसँग म्यासेज प्रकरण : आज सर्वोच्चको फुलकोर्ट बैठक
नवलपुर,कात्तिक १३ । प्रहरीको थुनामा रहेका बिचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश र न्यायाधीशको सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएपछि न्यायिक क्षेत्र तरङ्गित भएको छ । यसै विषयमा छलफल गर्न आज सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक बस्दैछ ।
फुलकोर्ट बैठकका लागि सबै न्यायाधीशहरूलाई खबर गरिएको छ । सापकोटासँग विभिन्न माध्यमबाट न्यायाधीशहरूको संवाद भएको सार्वजनिक भएपछि फुलकोर्ट बैठक बस्न लागेको हो ।
अदालतका चार जना न्यायाधीशसँग सापकोटाको सम्पर्क भएको खुलेको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयालसँग सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएका छन् ।
न्यायाधीश फुयालसँग सर्वोच्चमा विचाराधीन एक मुद्दाका विषयमा कुराकानी भएको सार्वजनिक विवरणमा उल्लेख छ । सार्वजनिक ह्वाट्सएप संवादमा सापकोटाले एक मुद्दामा प्रभाव पार्न खोजेको देखिए पनि न्यायाधीश फुयालले भने कानूनी आधारअनुसार नै धरौटीमा छाडिएको प्रतिक्रिया दिनुभएको छ । त्यही विवादमा प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा समेत अमेरिका तथा नेपालका बैंकमा रकम जम्मा गर्न भनिएको विवरण सञ्चारमाध्यममा सार्वजनिक भएको छ ।
प्रहरीले बिचौलिया सापकोटालाई पक्राउ गरी उनीसँग जोडिएका न्यायाधीश, सुरक्षा अधिकारी र राजनीतिक व्यक्तित्वहरूको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ ।
विवादित छविका इनम सापकोटासँग थुप्रै उच्च पदस्थ व्यक्तिहरूको सम्बन्ध खुल्न थालेपछि प्रहरीले छुट्टै समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ ।

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामाःशिक्षा मन्त्रालय
नवलपुर, कात्तिक १३ । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि

विपद् उद्धारमा अनियन्त्रित ड्रोन र एयरस्पेस व्यवस्थापनको अभावले जोखिम उच्चः प्रधानसेनापति सिग्देल
नवलपुर, कात्तिक १३ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यको क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र अर्थात् (एयरस्पेस) को उचित

जलवायु परिवर्तनका असरसँग जुध्न नेपालका ४ प्रस्ताव, ५३ देशले गरे समर्थन
नवलपुर, कात्तिक १३ । जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग ४ वटा प्रमुख प्रस्ताव







प्रतिकृया दिनुहोस