-->

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामाःशिक्षा मन्त्रालय

Nawalpurfm

नवलपुर, कात्तिक १३ । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले डा। केसीसँग पछिल्लो पटक गएको साउन ११ गते भएका सहमति कार्यान्वनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै चिकित्सा शिक्षा ऐन, २०७५ र त्यसअन्तर्गतका नियमावली तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत चिकित्सा शिक्षालाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो ऐनले चिकित्सा शिक्षा आयोगको स्थापना, साझा प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति तथा शिक्षण संस्थाको सिट निर्धारण, गुणस्तर मापदण्ड र शुल्क नियमनलगायतका व्यवस्था गरेको छ । साथै ऐनले चिकित्सा शिक्षाको पहुँच विस्तार र गुणस्तर सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार गरेको छ ।

शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा क्षेत्रमा भएका उपलब्धि र सुधारका विषयलाई संस्थागत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले न्यूनतम पूर्वाधार र प्राज्ञिक जनशक्तिविनै चिकित्सा शिक्षा सञ्चालन गर्न अनुमति दिएको तथा विभिन्न मेडिकल कलेजमा सिट वृद्धि गरेको निर्णय खारेजको माग गर्दै डा। केसीले इलामको नारायणस्थानमा हिजो बेलुकादेखि सत्याग्रह शुरु गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

विपद् उद्धारमा अनियन्त्रित ड्रोन र एयरस्पेस व्यवस्थापनको अभावले जोखिम उच्चः प्रधानसेनापति सिग्देल

नवलपुर, कात्तिक १३ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यको क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र अर्थात् (एयरस्पेस) को उचित

Nawalpurfm

जलवायु परिवर्तनका असरसँग जुध्न नेपालका ४ प्रस्ताव, ५३ देशले गरे समर्थन

नवलपुर, कात्तिक १३ । जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग ४ वटा प्रमुख प्रस्ताव

Nawalpurfm

इनमसँग म्यासेज प्रकरण : आज सर्वोच्चको फुलकोर्ट बैठक

नवलपुर,कात्तिक १३ । प्रहरीको थुनामा रहेका बिचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश र न्यायाधीशको सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएपछि

↑