सडक दुर्घटना न्यूनीकरणका लागि नवलपुरमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान तीव्र
विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । सडक दुर्घटना न्यूनीकरण तथा सवारी सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दुर्घटनाको जोखिम रहेका सडक क्षेत्रमा रिफ्लेक्टिभ (टल्किने) स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको छ।
रातको समयमा सवारीसाधन आवतजावत गर्दा सडकका जोखिमयुक्त क्षेत्र सहजै पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले सडक क्षेत्रमा चालकलाई स्पष्ट देखिने गरी रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाका अनुसार गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका जोखिमयुक्त सडक क्षेत्रमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्य सम्पन्न भइसकेको छ। त्यसैगरी कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकामा पनि उक्त कार्य भइरहेको उहाँले जानकारी दिनुभयो।
रातको समयमा सवारीसाधन आवतजावत गर्दा सडकका जोखिमयुक्त स्थान, मोड तथा सम्भावित दुर्घटना हुने क्षेत्र चालकले समयमै देख्न र पहिचान गर्न सकून् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरी निरीक्षक बर्तौलाले बताउनुभयो।
रिफ्लेक्टिभ स्टिकरले सवारीसाधनको बत्ती पर्दा प्रकाश परावर्तन गरी सडकका जोखिमयुक्त स्थानलाई टाढैबाट देखाउन मद्दत गर्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सडक सुरक्षा अभिवृद्धि, चालकलाई जोखिमबारे पूर्वजानकारी तथा रातिको समयमा सुरक्षित सवारी आवागमन सुनिश्चित गर्ने लक्ष्यसहित जिल्लाका विभिन्न नगरपालिकाका जोखिमयुक्त सडक क्षेत्रमा अभियानलाई निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

URL कावासोती डायग्नोष्टिकको प्रथम वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण, २३० जनाले लिए सेवा
विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । URL कावासोती डायग्नोष्टिक प्रा।लि।ले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा आज कात्तिक १७ गते निःशुल्क रक्त परीक्षण तथा

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन
विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन
विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले






प्रतिकृया दिनुहोस