ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न, २१ युनिट रगत संकलन
विमा गाहा मगर । नवलपुर,कात्तिक १८ । ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय रगतको अभाव देखिएकाले त्यसलाई केही हदसम्म कम गर्ने तथा संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
ग्रेस इन्टरनेशनलका म्यानेजर आदित्य पोखरेलले रक्त अभावलाई न्यूनीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा २१ जना रक्तदाताले रक्तदान गरेका थिए। उहाँहरूबाट कुल २१ युनिट रगत संकलन भएको संस्थाले जनाएको छ।
संस्थाको २०औँ वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएको यस कार्यक्रमले रक्त अभावको समयमा आवश्यक सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
.2026-11-04-09-44-07.jpeg)
अनुभव, शिक्षा, उद्यमशीलता र महिला नेतृत्वको संगम : १५औँ महाधिवेशनअन्तर्गत जिल्ला उपसभापतिमा सम्झना सापकोटाको उम्मेदवारी
नवलपुर,कात्तिक १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुन गइरहेको जिल्ला अधिवेशनमा सम्झना सापकोटाले जिल्ला उपसभापति पदमा उम्मेदवारी दिने

URL कावासोती डायग्नोष्टिकको प्रथम वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण, २३० जनाले लिए सेवा
विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । URL कावासोती डायग्नोष्टिक प्रा।लि।ले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा आज कात्तिक १७ गते निःशुल्क रक्त परीक्षण तथा

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन
विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले







प्रतिकृया दिनुहोस