-->

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

Nawalpurfm

विमा गाहा मगर । नवलपुर, कात्तिक १९ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रेरित गर्ने उद्देश्यले मध्यविन्दु नगरपालिकामा आयोजित दुईदिने युवा उद्यमशीलता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

‘युवा उद्यमशीलताःसोचदेखि सफलतासम्म’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको मंगलबार नगरप्रमुख भीमलाल अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सामाजिक उद्यमी, शिक्षाविद् तथा प्रशिक्षकहरूले युवालाई उद्यमशीलतासम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणका क्रममा उद्यमशीलताको अवधारणा, व्यावसायिक सम्भावना, सिर्जनशील सोचको विकास, व्यवसाय सञ्चालनका आधार तथा आफ्नै उद्यममार्फत आत्मनिर्भर बन्न सकिने अवसरका विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई आफैँ उद्यमी बनेर अरूलाई समेत रोजगारी दिन सक्ने सक्षम नागरिकका रूपमा विकास गर्ने विषयमा जोड दिइएको थियो ।

नगरपालिकाका अनुसार कार्यक्रममा सहभागी युवाको रुचि, चाहना, सीप र क्षमताका आधारमा आवश्यक तालिमका अवसरसमेत उपलब्ध गराइनेछ । युवाभित्र रहेको क्षमता, सीप र सिर्जनशीलतालाई व्यावसायिक क्षेत्रमा रूपान्तरण गरी आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमले युवामा उद्यमशील संस्कारको विकास गर्नुका साथै स्थानीय स्रोत, साधन र सम्भावनाको पहिचान गरी स्थानीयस्तरमै व्यवसाय तथा रोजगारी सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न, २१ युनिट रगत संकलन

विमा गाहा मगर । नवलपुर,कात्तिक १८ । ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय रगतको अभाव

Nawalpurfm

अनुभव, शिक्षा, उद्यमशीलता र महिला नेतृत्वको संगम : १५औँ महाधिवेशनअन्तर्गत जिल्ला उपसभापतिमा सम्झना सापकोटाको उम्मेदवारी

नवलपुर,कात्तिक १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुन गइरहेको जिल्ला अधिवेशनमा सम्झना सापकोटाले जिल्ला उपसभापति पदमा उम्मेदवारी दिने

Nawalpurfm

URL कावासोती डायग्नोष्टिकको प्रथम वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण, २३० जनाले लिए सेवा

विमा गाहा मगर । नवलपुर,कात्तिक १७ । URL कावासोती डायग्नोष्टिक प्रा।लि।ले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा आज कात्तिक १७ गते निःशुल्क रक्त परीक्षण तथा

↑