देवचुलीमा कौडा खेलिरहेको अवस्थामा १४ जना पक्राउ, ३ लाखभन्दा बढी रकम बरामद
नवलपुर, कात्तिक १९ । नवलपुरको देवचुली नगरपालिका–१७ कुलेनीमा कौडा खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार १६५ रुपैयाँ र १६ थान कौडासहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको १० जना प्रहरीको संयुक्त टोलीले गएराति करिब १ बजे स्थानीय रेशम तामाङको घरमा छापा मारेको थियो। गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले घरभित्र कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा देवचुली नगरपालिका–१७ का १२ जना तथा गैँडाकोट नगरपालिका–१५ र १६ का एक–एक जना रहेका छन्। पक्राउ पर्नेमा आफ्नै घरमा कौडा खेलाइरहेका घरधनी रेशम तामाङसमेत छन्।
प्रहरीले घटनास्थलबाट बरामद गरेको नगद र कौडासहित पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

विनयी त्रिवेणीमा नवौँ राष्ट्रपति रनिङ शिल्ड तथा पहिलो आधारभूत तह खेलकुद प्रतियोगिता सुरु
नवलपुर, कात्तिक १९ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा नवौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम आधारभूत तह खेलकुद

युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्दै मध्यविन्दु नगरपालिकामा दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विमा गाहा मगर । नवलपुर, कात्तिक १९ । युवामा उद्यमशील सोचको विकास गर्दै उनीहरूलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ प्रेरित गर्ने उद्देश्यले

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न, २१ युनिट रगत संकलन
विमा गाहा मगर । नवलपुर,कात्तिक १८ । ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय रगतको अभाव





प्रतिकृया दिनुहोस