मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
नवलपुर,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

भीमफेदीमा माइक्रोबस दुर्घटनाःएकै परिवारका ६ सहित १४ जनाको ज्यान गयो
नवलपुर, कात्तिक २६ । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको ज्यान गएको छ । अरू ६ जना घाइते भएका छन्

डिल्लीबजार कारागारमा रहेका टोपबहादुर रायमाझी रिहा
नवलपुर,कात्तिक २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा हुनुभएको छ । आज बिहान

पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस
नवलपुर,कात्तिक २६ । नेपालको पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका

.2026-11-12-06-40-08.jpeg)






प्रतिकृया दिनुहोस