-->

भीमफेदीमा माइक्रोबस दुर्घटनाःएकै परिवारका ६ सहित १४ जनाको ज्यान गयो

Nawalpurfm

नवलपुर, कात्तिक २६ । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको ज्यान गएको छ । अरू ६ जना घाइते भएका छन् ।

काठमाण्डौबाट सर्लाही जाँदै गरेको विद्युतीय माइक्रोबस आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा सडकबाट झन्डै ७०० मिटर तल झरेको हो ।

माइक्रोबसमा चालकसहित २० जना सवार रहेका पाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलकी पुनम रायसहित उहाँको परिवारका ६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा सुन्दरपुरटोलका २५ वर्षीय सुवेक यादव, ८ वर्षीया शिक्षा यादव, ४ वर्षीया दीपिका कुमारी यादव, २५ वर्षीय सुबोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् ।

त्यस्तै चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रवि शङ्कर कुमार मण्डलको पनि दुर्घटनामा ज्यान गएको छ । ३ जनाको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका ६ मध्ये ३ जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

नवलपुर,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्

Nawalpurfm

डिल्लीबजार कारागारमा रहेका टोपबहादुर रायमाझी रिहा

नवलपुर,कात्तिक २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा हुनुभएको छ । आज बिहान

Nawalpurfm

पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

नवलपुर,कात्तिक २६ । नेपालको पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका

↑