-->

डिल्लीबजार कारागारमा रहेका टोपबहादुर रायमाझी रिहा

Nawalpurfm

नवलपुर,कात्तिक २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा हुनुभएको छ ।

आज बिहान पौने ७ बजे उहाँ काठमाण्डौको डिल्लीबजार कारागारबाट रिहा हुनुभएको हो । ज्येष्ठ नागरिकको सुविधा पाएर ६५ वर्ष उमेर पूरा भएसँगै रायमाझी रिहा भएको कारागारले जनाएको छ । उहाँलाई कैदमुक्त गर्न काठमाण्डौ जिल्ला अदालतले यसअघि कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।

रायमाझीको निवेदनका आधारमा अदालतले उहाँलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै संशोधित कैदीपुर्जी अदालतमा पठाएको थियो । तिहारअघि नै प्राप्त संशोधित कैदी पुर्जीका आधारमा रायमाझीलाई थुनामुक्त गरिएको कारागार कार्यालय डिल्लीबजारले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० साल वैशाख २० मा पक्राउ पर्नुभएको थियो । काठमाण्डौ जिल्ला अदालतले उहाँलाई २०८३ असार ३० मा चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो । ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था अनुसार रायमाझीले सुविधा प्राप्त गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

भीमफेदीमा माइक्रोबस दुर्घटनाःएकै परिवारका ६ सहित १४ जनाको ज्यान गयो

नवलपुर, कात्तिक २६ । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको ज्यान गएको छ । अरू ६ जना घाइते भएका छन्

Nawalpurfm

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

नवलपुर,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्

Nawalpurfm

पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

नवलपुर,कात्तिक २६ । नेपालको पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका

↑