-->

आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता

Nawalpurfm

नवलपुर,कात्तिक २०। प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले हिजो सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज दर्ता भएको छ ।

कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने अस्ति बुधवारको मन्त्रिपरिषद् निर्णय बदर गर्न र केसीलाई आईजीपीको हैसियतमा कुनै काम कारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै हिजो सर्वोच्चमा रिट लगिएको थियो । कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले पेश गरेको रिटमाथि छलफलपछि आज दर्ता भएको हो ।

आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानूनी रूपमा हटाइएको दाबी कार्कीले रिटमा गर्नुभएको छ । केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय तथा त्यसका आधारमा जारी भएका पत्र, पदस्थापन, पदबहाली र दर्ज्यानी चिह्न प्रदानलगायत सम्पूर्ण निर्णय तथा काम कारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।

यो रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । सामान्यतया रिट दर्ता भएको भोलिपल्टदेखि मुद्दाको पेशी तोक्ने प्रचलन छ । तर भोलिदेखि बिहीवारसम्म तिहार बिदा परेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रस्तावित न्यायाधीशबारे संसदीय समितिमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय

नवलपुर, कात्तिक २० । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने व्यक्तिहरूले सम्बन्धित मुद्दाका

Nawalpurfm

जनकपुरधाम–अयोध्या रेल सेवाको परीक्षण

नवलपुर,कात्तिक २० । जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको हिजो परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र

Nawalpurfm

सार्वजनिक बसमा महिलालाई हातपात तथा दुर्व्यवहार  गर्ने तीनजना पक्राउ

नवलपुर,कात्तिक २० । सार्वजनिक बसमा महिला यात्रुलाई हातपात तथा दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ । गएको

↑